रुपन्देहीमा एमालेले टुंग्यायो स्थानीय तहका लागी मेयर उपमेयरको उमेदवार

रुपन्देही // नेकपा एमाले रुपन्देहीले जिल्लाका १६ वटै स्थानीय तहका लागि मेयर उपमेयर उम्मेदवारहरुको टुंगो लगाएको छ।

बुटवल उपमहानगरपालिकाको प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै देवदह नगरपालिकामा ध्रुवप्रसाद खरेललाई नगर प्रमुख र बिद्या लक्ष्मी गुरुङ्गलाई पुन उपप्रमुखमा उमेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी तिलोत्तमा नगरपालिकामा मोहन चापागाई लाई नगरप्रमुख र जागेश्वरीदेवी चौधरी लाई पुन उपप्रमुखमा उम्मेदवार बन्ने भएका छन् । त्यस्तै सिद्धार्थनगर नगरपालिकामा डा.रामप्रसाद बश्याललाई नगर प्रमुख र उमा अधिकारीलाई उप प्रमुखमा उमेदवार बन्ने भएका छन् ।

चित्रवहादुर कार्की र विना राना पुन २०७४ को स्थानीय निर्वाचनमा समेत क्रमश नगर प्रमुख र उप प्रमुखमा विजयी भएका थिए । दुवैजनालाई पार्टीले पुनः दोश्रो कार्याकालका लागि नगर प्रमुख र उप प्रमुख उम्मेदवार बनाउने निर्णय गरेको छ ।

ओमसतीया गाउँपालिकामा अध्यक्षका लागि मन्जितकुमार यादव र उपाध्यक्षमा निर्मलाकुमारी निषाद, रोहिणी गाउँपालिकामा अध्यक्षका लागि सनोजकुमार यादव र उपाध्यक्षका लागि बसन्ती पाण्डे, मायादेवी गाउँपालिकाको अध्यक्षमा लाला लोध र उपाध्यक्षमा सन्नु चाई, मर्चवारीमाई गाउँपालिकाको अध्यक्षमा कमलेस यादव र उपाध्यक्षमा बिन्द्रावती गौड, सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा मुस्लिम खान र उपाध्यक्षमा पिंकला लोध, कोटहीमाई गाउँपालिकाको अध्यक्षमा श्यामसुन्दर यादव र उपाध्यक्षमा मायाँ साहनी, लुम्बिनी साँस्कृतिक नगरपालिकाको लागि अध्यक्षमा रमावती यादव र उपाध्यक्षमा कल्पना हरिजन, गैडहवा गाउँपालिकाको अध्यक्षमा पशुपति यादव र उपाध्यक्षमा मञ्जु रिजाल, कञ्चन गाउँपालिकाको अध्यक्षमा दिनानाथ आचार्य र उपाध्यक्षमा ओमकला राहडी, शुद्धोधन गाउँपालिकाको अध्यक्षमा किशुनचन्द्र चौधरी र उपाध्यक्षमा शान्तादेवी ज्ञवाली उम्मेदवार बन्ने भएका छन्। यस्तै सियारी गाउँपालिकाको अध्यक्षमा अयोध्या थारु र उपाध्यक्षमा अमृता गुरुङ्ग उम्मेदवार बन्ने भएका छन।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण