बुटवल । रुपन्देहीको जिल्लाकाे सैनामैनामा नगरपालिका वार्ड नं.-४ लखनपारामा प्राङ्गारिक मल उद्योगको उदघाटन भएको छ । लुम्बिनी कृषि तथा पशुपक्षी विकास सहकारी संस्था लि द्वारा स्थापना भइ संञ्चालनमा आएको मल उद्योगकाे जिल्ला समन्वय सभापती उमाकान्त चपाईले उद्घाटन गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाईले सानो सानो कामबाट सफल हुदै ठुलो कामको थालनी गर्नुपर्ने कुरामा जोड दिदै सहकारीले प्राङ्गारिक मल उद्योग स्थापना गरेकोमा खुशी व्यक्त गर्नुभयो । वास्तविक किसानले लाभ लिने गरी सरकारले कृषि कार्यक्रम हरु प्रभावकारी ढंगले प्रवाह गर्नु पर्ने मा जोड दिनुभयो । सरकारी नितीको कारण पनी कृषक लाई अप्ठ्यारो रहेको उल्लेख गर्दै कृषकको हक हित बिपरितको निती संसोधन गरेर भएपनि कृषकलाई सहयोग पुग्नेगरि निती तथा कार्यक्रममा ल्याउनुपर्ने बताउनुभयो । बैक तथा बित्तिय संस्था ले कृषकलाई सस्तो ब्याजदर मा ॠण प्रवाह गर्ने र सरकारले प्रतिफलको आधारमा मात्रै अनुदान दिने व्यवस्थाकाे कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय उद्योग संघ भारत संञ्जालको महामन्त्री सुनिल माण्डव्यले देशकाे विकासकाे लागि कृषिक्षेत्रकाे विकास गर्नु जरूरी रहेकाे बताउदै लुम्बिनी कृषि तथा पशुपक्षी विकास सहकारी संस्थाले मल उद्योगकाे स्थापनाले आफु खुसी भएकाे बताउनु भयाे । देशमा किसानकाे आर्थिक अवस्थामा सुधार नभएसम्म देशको विकास हुन असम्भव रहेको बताउदै नेपाललाई कृषिको क्षेत्रबाट अर्थतन्त्रमा अरु देशभन्दा अगाडी पुराउन सकिने कुरामा जोड दिदै सहकारीलाई आवस्यक परेको खण्डमा आर्थिक, प्राविधिक सबैखाले सहयोग गर्न तयार रहेको बताउनुभयो
पशुपक्षी तथा मस्य विकास निर्देशनालयका प्रमुख लोकराज भुसालले कृषि क्षेत्रमा अपेक्षाकृत रूपमा कार्यक्रम हरु सञ्चालन हुन नसक्नु दुखद रहेको बताउदै कृषि पेशालाई व्यवासयिक रुपमा परिणाममुखी बनाउनु पर्नेमा जोड दिनुभएको थियो । बजेट कार्यक्रम बनाउदा किसान मैत्री बनाउनु पर्ने भन्दै राजनीतिक नेतृत्वले ध्यान दिनु पर्नेमा जाेड दिदै, सैनामैना क्षेत्र कृषि क्षेत्रको लागि उर्बर भूमि रहेको बताउदै यसलाई संरक्षण गर्न सबै निकायहरु एकठाउँमा हुनुपर्ने बताउनुभएको थियो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले कृषकका समस्याका विषयमा सबै सराेकारवाला पक्षसंग छलफल र बहस गरेर उपयुक्त निर्णय गरि कार्यान्वयन गर्न सकेमा कृषकले उत्पादन र उत्पादत्वमा बृद्धि गर्न सक्ने बताउनुभयाे । कृषककाे समस्याकाे सवालमा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार गरी तिनै तहकाे सरकारकाे उत्तिकै ध्यान जानु आवस्यक रहेकाे बताउदै कृषि उपजलाइ प्रविधी संग कसरी जाेड्न सकिन्छ, उद्योगले उत्पादन गरेकाे प्रङगारिक मललाइ कसरी किसान संग जाेड्न सकिन्छ भन्ने सवालमा बुटवल उद्योग वाणिज्य संघ पर्दशनी तथा कृषि मेलाकाे आयाेजना गर्न लागेकाे पनी बताउनुभयाे ।
कृषि बिकास बैंक मुर्गिया शाखा प्रमुख भाेजराज भण्डारीले कृषि फर्म स्थापना पश्चात प्राविधिक रुपमा कमजोरी हुदा कृषक मर्कामा परेकाे बताउदै कृषकले पशुपक्षीमा भन्दा बढी भाैतिक संरचनामा बढी खर्च गरेकाेले उत्पादन बढाउनमा रकम अभाव हुने र आम्दानीकाे श्राेत घट्ने कारण कृषकले पेशा परिवर्तन गरेर हिड्ने अवस्था आएकाे बताउदै कृषककाे भाैतिक पुर्वाधार बनाउने जिम्मा सरकारकाे हुनु पर्ने बताउनुभयाे । कृषि कर्जाको लागि कृषि विकास बैंक सधै तयार रहेको बताउदै बैंकले सैनामैना क्षेत्रमा कृषिमा २४ कराेड कर्जा अनुदान लगानी समेत गरेकाे बताउनुभयाे ।
कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख शिव अर्यालले प्राङ्गारिक मलखाद लाइ रासायनिक मल को विकल्प मात्रै हैन अनिवार्य नगरे सम्म माटोको समेत उर्बर भूमि नास हुने हुदा प्राङ्गारिक मल प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयाे ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रमुख दिपक भुसालले भेटनरी डाक्टर संग सल्लाह नगरी पशुपक्षी लाई आफुखुसी औषधी सेवन गराउँदा किसानले नोक्शानी बेहोर्नु परेको बताउदै संघिय संरचना अनुसार भेटनरी अस्पतालमा जनशक्ति अभाव रहदा कृषकलाइ पर्याप्त सेवा उपलब्ध गराउन नसकेको बताउनुभयो । उहाले वडा स्तरमा पशुपालक कृषक सुचिकृत गरि सेवा प्रवाह गर्न सकेमा कृषकको समस्या हरु प्रभावकारी रुपमा समाधान गर्न सकिनेमा जोड दिनुभयो ।
कार्यक्रममा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकोको तर्फबाट प्राङ्गारिक मल उद्योगमा आवस्यक पर्ने ड्रयायर मेसिन ल्याउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त्त गर्नुभयाे ।
सैनामैना नगरपालिका नगरप्रमुख फणेन्द्र प्रसाद शर्मा वाग्लेले सहकारीले कृषि पेशामा आवस्यक पर्ने प्राङ्गारिक मल उद्योग स्थापना गरेको आफैमा उदाहरणीयकाम भएको बताउदै अब यसलाई पुर्ण गतीमा संञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
जिल्ला बाहिर छिमेकी देशमा समेत निर्यात गर्न सकेमा अर्थिक रुपमा सबल हुन सकिनेमा जोड दिदैं कृषकले उत्पादन गर्ने हरेक कृषि उपज सामानको सरकारले ग्यारेन्टी लिनुपर्नेमा जाेड दिदै कृषि संगै समाज आफ्नो भुमिका सधै रहिरहने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रमका सैनामैना नगरपालिका पुर्व नगर प्रमुख चित्र बहादुर कार्कीले साना र मझौला कृषकहरु अप्ठ्यारो स्थितिमा रहेको भन्दै सरकारले उचित अनुदान र सहयोगका कार्याक्रम प्राथमिकतामा राखेर निती तथा कार्यक्रम मै समावेश गरेर कार्यान्वयन गर्न पर्नेमा जोड दिंदै आफु सधै कृषकको माझमा रहेको बताउनु भयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष सुनिल अर्यालले कृषकका समस्याहरु सबैले देखाउने तर समस्या समाधानका उपायहरु नदिने कुरामा दुख व्यक्त गर्नुभयाे । नयाँ उद्योग स्थापना गर्न सकेकोमा उत्साहित रहेको बताउदै कृषि क्षेत्रमा अर्गानिक प्राङगारिक मलकाे प्रयाेगले गर्दा माटाेकाे उर्बर क्षमता बढाउदै रसायनिक मललाइ विस्थापित गर्न सकिने बताउनुभयाे ।
कार्यक्रममा सैनामैना उद्योग वाणिज्य संघ अध्यक्ष प्रेम खड्का, कृषि विकास शाखा प्रमुख सृजना खनाल, पशु विकास शाखाका माधव पाैडेल, लगाएत विभिन्न सहकारी तथा कृषि फर्मका प्रतिनिधीहरूकाे सहभागिता रहेकाे थियाे ।
सहकारीका अध्यक्ष सुनिल अर्यालको अध्यक्षता रहेकाे कार्यक्रममा सहकारी संञ्चालक समिति सदस्य ईश्वरी भण्डारी को स्वागत मन्तव्य र प्रेम सागर पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।