रुपन्देहीको जिससका लागि १० पालिका जितेको कांग्रेसलाई ५ दल मिल्दा पनि कठिन, साना दल निर्णायक

रुपन्देही । रुपन्देहीका १६ स्थानीय तहमध्ये १० वटाको प्रमुख जितेको कांग्रेसलाई जिल्ला समन्वय समितिको नेतृत्वका लागि बहुमत पुर्याउन सकस परेको छ । यहाँ कांग्रेस एक्लैले मात्र नभएर गठबन्धनमा रहेका पाँचदलको साथ हुँदा पनि जिल्ला समन्वय समितिमा बहुमत नपुग्ने स्थिति छ ।

बिज्ञापन

१० पालिकामा नेतृत्व जितेको नेपाली कांग्रेसबाट उपप्रमुखमा चारजनाले मात्र जितेका छन् । अधिकांश पालिकामा गठबन्धन गरेरका पाँचदलबाट जसपाले १ गाउँपालिका प्रमुख जित्यो । अन्य दलले कुनै पालिका प्रमुख र उपप्रमुख जित्न नसक्दा गठबन्धनमा रहेका पाँच दलको मतभार १५ मात्रै हुन्छ । यहाँको समन्वय समिति नेतृत्वका लागि १७ जना आवश्यक पर्दछ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवारले कन्चन गाउँपालिकाको उपप्रमुख जितेपनि नेपाली कांग्रेसको चुनाव चिह्न रुख लिएर निर्वाचित भएकाले कानूनी हिसाबले उनी कांग्रेसकै भएका छन् भने नेकपा एसले कुनै पनि पालिकामा आफ्नो उपस्थिति जनाउन सकेको छैन।

बिज्ञापन

सोमबार मात्रै गठबन्धन दलले केन्द्रबाट नै जिल्ला समन्वयका लागि पाँच दलभित्रैबाट विकल्प निकाल्न निर्देशन दिएका छन् ।

यसअघि समन्वय समितिको नेतृत्व लिएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३ पालिका प्रमुख ८ उपप्रमुख गरेर जम्मा ११ मतभार बनाएको छ । जिसस नेतृत्व लिन उसको लागि ६ जनालाई मनाउन चुनौती छ । गठबन्धन र एमाले कसलाई जिससमा पठाउने र आफूले के पाउने भन्नेमा निर्णायक शक्तिको रुपमा रहेका छन् लोसपा, जनता प्रगतिशील र राप्रपा ।

लोसमाले १ प्रमुख र २ उपप्रमुख, जनता प्रगतिशीलले १ प्रमुख र १ उपप्रमुख तथा राप्रपाले १ उपप्रमुख जितेका छन् । तीनै दलले गठबन्धनलाई भन्दा एमालेलाई साथ दिने संभावना भएपनि भागवण्डामा कसले के पाउने त्यसमै निर्भर रहनेछ ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा