राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको अधिवेशन पश्चिम नवलपरासीमा

बिज्ञापन

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको पहिलो अधिवेशन पश्चिम नवलपरासीको सुनवलमा हुने भएको छ । कात्तिक १८ र १९ गते सुनवलमा प्रथम प्रदेश अधिवेशन गर्न लागिएको युवा संघले परासीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

बिज्ञापन

सुनवल नगरपालिका–२ बत्रौलीस्थित रि–वर्न होटलमा आयोजना हुने पहिलो प्रदेश अधिवेशनको लागि पूर्व तयारी तीव्र रुपमा भइरहेको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश आयोजक कमिटीका संयोजक पृत्तम पौडेलले जानकारी दिए । अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ३२४ प्रतिनिधि सहभागी हुनेछन् । बुधबारसम्ममा सबै जिल्लामा प्रतिनिधि छनौट भइसक्ने संयोजक पौडेलले बताए । अधिवेशनले ६ जना पदाधिकारीसहित ८७ सदस्यीय प्रदेश कमिटी चयन गर्ने युवा संघले जनाएको छ ।

अधिवेशनबाट प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई सहसचिव र कोषाध्यक्षसहितको कमिटी चयन गर्ने संयोजक पौडेलले बताए । कात्तिक १८ गते हुने प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले पोलिटव्यूरो सदस्य एवं युवा नेता महेश बस्नेत, राष्ट्रिय युवा संघ अध्यक्ष क्षितिज थेबे, महासचिव सुमन पुरीलगायतका पदाधिकारी आउने तय भएको छ भने प्रमुख अतिथि केही दिनमै टुंगो लाग्ने युवा संघले जनाएको छ ।

बिज्ञापन

नवलपरासीमा हुने प्रदेश अधिवेशनलाई मध्यनजर गर्दै परासीमा सचिवालय स्थापना गरिएको छ । मनमोहन स्मृत्ति भवनमा स्थापना गरिएको प्रदेश अधिवेशन सचिवालयको युवा संघका महासचिव पुरीले उद्घाटन गरे ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघका महासचिव पुरीले युवा संघको लुम्बिनी प्रदेश अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न हुने र नयाँ सन्देश प्रवाह हुने जनाए । उनले अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन हुने विश्वास पनि व्यक्त गर्दै मुलुकको समृद्धि नै अबको मूख्य लक्ष्य भएकाले राष्ट्रिय युवा संघ अब समृद्धिको अभियान लिएर नवयुवाको बीचमा जाने उल्लेख गरे ।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै