देवदह // राष्ट्रिय युवा संघ नेपाल देवदह नगरपालिका वडा नम्बर ४ को वडा कमिटी गठन भएको छ।
देवदह नगरपालिका वडा नम्बर ४को मगर समाजको भवनमा शनिबार भएको युवाहरुको भेलाले राष्ट्रिय युवा संघको वडा कमिटी गठन गरेको हो।
उक्त भेलाले आशिष पोखरेलको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरेको हो । जसको उपाध्यक्ष सरोज चौधरी , बिकास थापा , सचिवमा सुस्मिता नेपाली र कोषाध्यक्षमा मिना पाण्डे चयन भएका थिए ।
पोखरेलले अध्यक्षको जिम्मेबारी पाएसंगै युवाको सुत्ने समय नभई राजनितिमा लागेर समाज र देशको विकास गर्न अग्रसर हुनुपर्ने बताए । अबको राजनीतिको जिम्मा युवा वर्गले लिनु पर्ने बताए ।