देवदह । ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा देवदह नगरपालिका वडा नं ८ वडा बाल सञ्जालले प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । देवदह ८ स्थित ज्ञानज्योती मा.वि बाट सुरु भएको प्रभातफेरी कार्यक्रम देवदह नगरपालिका वडा नं ८ को कार्यालय हुँदै जनता मा.वि मा आएर समापन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी प्रसाद पाण्डेयले बाल दिवसको अवसरमा बालबालिकाहरुमा शुभकामना व्यक्त गर्दै बाल अधिकारको संरक्षण एवं प्रबर्द्धनको लागि क्रियाशील सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाले वडा कार्यालयले बालबालिकाका लागि थुप्रै कार्यक्रमहरु गर्दै आईरहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्द्ता व्यक्त गर्नुभएको थियो । उहाले बालमैत्री वडा निर्माणका लागि वडा कार्यालय सक्रिय रहेको र अभियानलाई सफल पार्न सबै सरोकारवालाहरुमा सहयोगका लागि अनुरोध समेत गर्नुभएको थियो ।
प्रभातफेरी कार्यक्रममा जनप्रतिनिधि, वडा कार्यालयका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवीहरु, टोल विकास संस्था, आमा समूह, स्वास्थ्य स्वयंसेवीका, होटल व्यवसायी, स्थानीय विद्यालयका छात्रछात्रा, पत्रकार र विभिन्न संघ संस्थाका प्रतिनिधिसहित बाक्लो सहभागिता रहेको थियो ।
कार्यक्रम वडा बाल सञ्जालका अध्यक्ष अप्सन भुर्तेलको अध्यक्षता, सुवास्ना तामाङको स्वागत र सचिव प्रज्वल देवकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
“बालबालिकामा लगानिः सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा प्रभात फेरिको आयोजना गरिएको थियो ।