राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिद्वारा उद्दार टोली गठन

देवदह // राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले उद्दार टोली गठन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगरको विपद व्यवस्थापन समितिले प्रकोप तथा जोखिम न्युनिकरण गर्न ३७ सदस्यीय उद्दार टोली गठन गरेको हो । समितिले एक कार्यक्रम बिच उद्दार  टोली र पत्रकारलाई रेनकोट वितरण गरेको हो । वर्षयाममा धेरै बर्षा परेर समस्या परेको बेलामा देवदह बासीलाई समस्या न होस भनेर जोखिम तथा दुर्घटना न्यूनीकरण गर्नकालागि उद्दार टोली गठन गरिएको हो ।विपद व्यवस्थापन समिती संयोजक ओम बहादुर परियारको अध्यक्षतामा भएकाे कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ११ का वडा अध्यक्ष दुधनाथ यादवले राप्रपाले अघिल्लो वर्ष पनि वर्षाका कारण धेरै मानिस पिडित भएकाे बताउनु भएकाे थियाे। घर डुबान साथै सम्पत्तिमा क्षेती समेत पुगेको उहाले बताउनु भयाे। त्यतिबेला पनि राप्रपाको विपद व्यवस्थापन टोलीले उद्दार गरेको बताउदै सोहि अनुरुप यस बर्ष पनि समिती गठन गरिएको र कहि त्यस्तो खबर पाए आफुहरु उद्दार गर्न तयार रहेको उहाले बताउनुभयो ।

बिज्ञापन

वर्षाका कारण उत्पन्न हुने प्रकोपबाट सिर्जना हुने विपदमा फसेका मानिसलाई उद्धार वा राहतको आवश्यकता पर्न सक्ने देखिएकोले उद्दार टोली गठन गरि ४२ थान रेनकोट राप्रपा देवदह नगर समितिका उपाध्यक्ष विनोद कुमार बिकले उद्दार टोली संयोजक ओम बहादुर परियारलाई हस्तान्तरण गर्नु भएको हो । रेनकोट संयोजन राप्रपाका निवर्तमान केन्द्रीय सदस्य तोयानाथ लमसालले गर्नुभएको राप्रपा नगर समितीले जनाएको हो ।

बाढी तथा जोखिममा परेको खण्डमा संयोजक ओम बहादुर परियारको मोबाइल नम्बर ९८०३५८८५२४ तथा ९८५७०३९७७७ मा सम्पर्क गर्न सकिने नगर समितिका उपाध्यक्ष विकले बताउनुभयो।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना