राष्ट्रिय जनमोर्चा परित्याग गरेका अर्जुन एमाले प्रवेश

बिज्ञापन

प्युठान // प्युठान नगरपालिका -४ बिजुवार का अर्जुन बि.क सोमबार नेकपा एमाले प्रवेश गर्नु भएको छ । लामो समय राष्ट्रिय जनमोर्चामा रहेर राजनिति गर्नु भएका बि.क पार्टिको जनबर्गिय संगठन युवा संघ को जिल्ला सदस्य,जातिय समता समाज को जिल्ला सदस्यको जिम्मेवारी लिदै जिल्लाको एक सफल युवा व्यावसायि समेत हुनुहुन्छ।

बिज्ञापन

नेकपा एमाले जिल्ला समिति प्युठानले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बि.क औपचारिक रुपमा एमाले प्रवेश गर्नु भएको हो । सो अवसरमा एमाले प्रवेश गर्दै बि.क ले जन्मजात राष्ट्रिय जनमोर्चा नै भैयो तर पछिल्लो समयमा कम्युनिष्टका नाममा साना साना झुपडीको आवश्यकता नरहेको बताउदै अव एउटै कम्युनिष्ट पार्टिले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्दै बि.क भन्नुहुन्छ “-राजनेता केपि ओलि जहाँ उभिनुहुन्छ त्यही नै कम्युनिस्टको मियो बन्छ। कम्युनिस्ट पार्टी फुटदैन तर परजीवीहरू नरहन सक्छ्न।”

नेकपा एमाले केन्द्रिय समितिका उपाध्यक्ष सुवास नेम्बाङ सँगै एमालेका पोलिट ब्युरो सदस्य सुर्य थापा,नेकपा एमाले पोलिटव्यूरो सदस्य एबम लुम्बिनी प्रदेश सह इन्चार्ज बिमला घिमिरे,केन्द्रिय अनुशासन आयोग सदस्य क.झपेन्द्र जिसि,केन्द्रीय सल्लाहकार परिषदका सदस्य हिराबहादुर केसी, प्रदेश कमिटी सचिवालय सदस्य धनबहादुर रायमाझी, बुद्धिजिबि संघका केन्द्रिय सदस्य टेकुलाल गिरी,जिल्ला अध्यक्ष बिजय बिराज बिष्ट लगायतका नेताहरुले पार्टी प्रवेश गराउनु भएको हो ।

बिज्ञापन

यसैबीच प्युठान नपा वडा नं ४ निवासि नेकपा माअाेवादिकाे सकृय नेता,यातायात क्षेत्र कृयासिल सामाजिक व्यक्तित्व हिमाल पौडेल पनि एमालेमा प्रवेश गर्नुभएको नेकपा एमाले प्युठानले जनाएको छ।
पौडेलले भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा प्युठान नगरपालिका वडा नम्बर ४ बाट स्वतन्त्र वडा सदस्यमा उम्मेद्बारी दिएका थिए ।

सम्बन्धित खवर

एक खेल अघि नै एसीसी प्रिमियर कपको समूह विजेता बन्याे नेपाल

गगन र गोकुलको एउटै स्वर: ‘एमाले काङग्रेस मिलौं, साना दलको खुद्रा पसल बन्द गरौं’

आज रातीबाट बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य

एसीसी प्रिमियर कपमा नेपालको हंङकङ बिरुद्ध ८ विकेटको सहज जित

हङकङले नेपाललाई जितको लागि दियो ११५ रनको लक्ष्य

अब बुटवल सहित देशका विभिन्न १८ सहरमा पठाओको सेवा संञ्चालन

एसीसी प्रिमियर कपमा आज नेपाल हङकङसँग खेल्दै

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित