राष्ट्रपतिको दशैं : भाउजु विष्णुमायाको हातबाट टीका लगाउने

राष्ट्रपति-फाइल तस्बिर
बिज्ञापन

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजु विष्णुमाया पौडेलको हातबाट यसवर्षको दशैँको टीका लगाउँदै हुनुहुन्छ ।

बिज्ञापन

पौडेलले बिहान ११ बजेर २ मिनेटको साइतमा भाउजु विष्णुमायाको हातबाट टीका–जमरा र आशीर्वाद लिनुहुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । त्यसपछि परिवारका सदस्यहरूलाई टीका लगाइदिने कार्यक्रम छ । विजया दशमीको दिन राष्ट्रपतिले सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका लगाइदिने कार्यक्रम पनि छ ।

शीतल निवासमा दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म अन्य सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ । सचिवालयलका अनुसार सर्वसाधारणलाई टीका लगाउन राष्ट्रपति भवनको मूल ढोकामा सहजरूपमा प्रवेशको व्यवस्था गरिनेछ । टीका ग्रहणका लागि मर्यादित पोसाकमा आउन शीतल निवासको अनुरोध छ ।

बिज्ञापन

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व