राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । राष्ट्रपति कार्यालयले सोमबार राति एक विज्ञप्तिमार्फत सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गरेको जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८–०६–११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ’, ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सम्बन्धित खवर

पाल्पाको बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना

दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

देवदह–८ मा किसानलाई निशुल्क फलफुलका बिरुवा वितरण

सगरमाथामा शिक्षक तथा अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न

देवदहमा मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम सुरु

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको क्षेत्रीय अध्यक्षमा किशन ब. थापा

देवदह ११ मा बाख्रा शिविर सम्पन्न, ८० किसान लाभान्वित