२७ कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो ।
साथै कार्कीले निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने दायित्व भएको सारकार र निर्वाचन आयोग मुकदर्शक भएको आरोप लगाएका छन् ।
गाडी तोडफोड कसले र किन गरेको भने खुल्न सकेको छैन ।