यू–२० साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ८–० गोलले पराजित

काठमाडौँ । यु–२० साफ च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा नेपाल भारतसँग ८–० गोलको नतिजामा लज्जास्पद रूपमा पराजित भएको छ । भुवनेश्वरस्थित कालिंगा रंगाशालामा सम्पन्न खेलमा भारतसँग पराजित भएसँगै नेपालको फाइनल पुग्ने सम्भावना लगभग सकिएको छ ।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गर्दा टाइसन सिंह लोङटोङबाङ, पथुम गिम्हाना, हिमान्सु जङ्ग्रा, टङ्कधर बाग, सुभो पल र गुरकिरत सिंहले एक–एक गोल गरे ।

खेलको ३२औँ मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । उनले नेपाली गोलकिपर इश्वर गुरुङले बल समाउन नसक्दा आएको पाएको सुनौलो मौकामा टाइसनले हेडर गोल गरेका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको भारतले दोस्रो पाँच गोल थप्यो । खेलको ५०औँ मिनेटमा पार्थिवले भारतको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि पार्थिवले नै भारतलाई तेस्रो अग्रता दिलाए । ६४औँ मिनेटमा पथुम गिम्हानाले चौथो गोल गर्दा ७२औँ मिनेटमा हिमान्सु जङ्ग्राले अग्रतालाई ५–० मा पुर्‍याए । यस्तै, ७८औँ मिनेटमा टंकधरले छैटौँ गोल गर्दा निर्धारित समयको अन्तिम मिनेटमा गुरकिरत सिंहले सातौँ गोल गरे । इन्जुरी समयमा सुभो पलले गोल गरेसँगै भारतले नेपालविरुद्धको जित ८–० ले सुनिश्चित गर्‍यो ।

नेपाललाई हराएसँगै भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भारतले तीन खेलबाट ६ अंक जोड्यो । समान अंक भए पनि नेपाल गोल आधारमा तालिकाको तेस्रो स्थान मा छ । नेपाल फाइनल पुग्ने गणितीय सम्भावना मात्रै बाँकी छ । नेपाललाई फाइनल यात्रा तय गर्न अन्तिम खेलमा बङ्गलादेशलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ । यस्तै, भारत पनि मालदिभ्ससँग फराकिलो अन्तरमा पराजित हुनुपर्नेछ ।

सम्बन्धित खवर

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त