यू-१९ विश्वकपमा आज नेपालकाे पहिलाे खेल टेस्ट राष्ट्र न्युजिल्यान्ड संग

बिज्ञापन

बुटवल । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा आज टेस्ट राष्ट्र न्युजिल्यान्डसँग खेल्दैछ ।

बिज्ञापन

खेल नेपाली समय अनुसार दिउँसो १ :४५ मा वेस्ट लन्डनमा सुरु हुनेछ ।

नेपालको कप्तानी देव खनाल र न्युजिल्यान्डको ओस्कर ज्याक्सनले गर्ने छन् । समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ ।

बिज्ञापन

नेपालले यू-१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन । दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ ।

२००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो । सिनियर टोलीले विश्वकपमा सानदार प्रदर्शन गरे पनि यू-१९ भने तुलनात्मक रुपमा न्युजिल्यान्डको प्रदर्शन कमजोर रहँदै आएको छ ।

सिनियर टोलीका प्रमुख अलराउन्डर समेत रहेका गुलशनबाट टोली ब्याटिङ र बलिङ दुवैमा ठूलो अपेक्षा गर्नेछ । उनले नेपालको लागि २४ ओडीआई र १४ टी-२० आई खेल खेलेका छन् ।

भारत, पाकिस्तान र वेस्टइन्डिज जस्ता ठूला टोलीविरुद्ध खेलेको अनुभव गुलशनसँग छ । बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ता र आकाश चन्द पनि नेपालका तीव्र गतिका बलिङ हतियार हुन् ।

यता ब्याटिङमा देव खनाल, अर्जुन कुमाल र गुलशन झा प्रमुख हतियार हुन् । कप्तान देव खनालले सिनियर टोलीबाट १० ओडीआई खेल खेलिसकेका छन् ।

यू-१९ मा पछिल्लो एक वर्षमा देवले तीन र अर्जुनले दुई शतक हानेका छन् । टोलीका सबैभन्दा भरपर्दा यी दुई ब्याटरबाट नेपाल आज ठूलो इनिङ चाहन्छ ।

उता न्युजिल्यान्डले वार्मअप खेलमा स्कटल्यान्डलाई १३० रनले हराएको थियो । वेस्टइन्डिजसँग ६ विकेटले हारेको थियो । स्कटल्यान्डविरुद्ध कप्तान ओस्करले ९७ बलमा ८ चौका र ६ चौकासहित ११२ रनको शतकीय इनिङ खेलेका थिए । ओस्करसँगै टम जोन्स प्रमुख ब्याटर हुन् ।

लेग स्पिनर ज्याक कमिङ आगामी दिनमा न्युजिल्यान्डको भविष्य भन्ने गरिएको छ । कमिङविरुद्ध खेल्दा ध्यान दिन आवश्यक देखिन्छ । तीव्र गतिका बलर म्याट रवे बलिङका हतियार हुन् ।

नेपालको टोलीमा देव खनालकाे  कप्तानीमा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश कंडेल विशालविक्रम केसी, सुवाश भण्डारी, दीपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व