यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनाएको हो ।
नेपालका कप्तान देव खनालले शतक प्रहार गरे । उनले ९० बलमा तीन छक्का र नौ चौकासहित शतक बनाएका हुन् । उत्तम थापा मगरले ५७ र अर्जुन कुमालले ५५ रनको अर्धशतकीय पारी खेले । यूएईका हरित शेठ्ठीले सर्वाधिक ५ विकेट लिए । कप्तान आयन खानले २ विकेट लिए ।