यू-१९ प्रिमियर कपको च्याम्पियन नेपाली किक्रेट टोली स्वदेश फर्कियो

काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कपको च्याम्पियन नेपाली किक्रेट टोली स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र अन्य पदाधिकारीकारीहरु स्वागत गरे ।
हिजो (बुधबार) सम्पन्न फाइनलमा नेपालले यूएईलाई १९ रनले पराजित गर्दै च्याम्पियन बनेको थियो । टस जितर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २८० रन बनाएको थियो । यूएईले जवाफी ब्याटिङ गर्दा खेल वर्षाले प्रभावित भएपछि डीएलएस पद्धतिअनुसार उसले २७ ओभरमा १९८ रनको परिमार्जित लक्ष्य पाएको थियो । यूएई खेलमा १ बल बाँकी रहँदा १७८ रनमा अलआउट भयो ।प्रतियोगितामा नेपालका कप्तान देव खनालले २ र अर्जुन कुमालले १ शतक प्रहार गरेका थिए । अन्डर १९ उमेर समूहमा नेपालका लागि देवको नाममा सर्वाधिक ३ शतक छन् । अर्जुनको नामामा २ शतक छन् । आफ्नो प्रदर्शनले देशलाई उपाधि दिलाउँदा देवले गर्व महसुस गरेको प्रतिक्रिया दिए ।

बिज्ञापन
बिज्ञापन

प्रतियोगितामा सर्वाधिक विकेट लिँदै प्लेयर अफ दी सिरिज भएका स्पिनर दीपेश कँडेलले पनि नेपाल एसिया कपका लागि छनोट हुँदा खुसी भएको प्रतिक्रिया दिएका छन् ।

प्रिमियर कपको शीर्ष ३ मा रहँदै नेपालसहित यूएई र जापान एसिया कपका लागि छनोट भएका हुन् । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ । 

बिज्ञापन

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व