यु-१९ टी-२० विश्वकप एसिया छनोट : यूएईसँग नेपाल ८ रनमा अलआउट हुँदै हार व्यहोरेको छ

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट भएको हो। मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८ ओभर १ बलमा ८ रनमा अल आउट भएको हो।

बिज्ञापन

नेपालकी स्नेहा महराले सर्वाधिक ३ रन बनाइन्। ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १/१ रनमा आउट भए। नेपालका ६ खेलाडीले खाता खोल्न सकेनन्।बलिङतर्फ यूएईका लागि माहिका गौरलले पाँच विकेट लिइन । त्यस्तै इन्दुजा नजाकुमारले तीन विकेट र समिका धनकान्दाले एक विकेट लिइन् । ९ रनको लक्ष्य लिएर मैदान आएको यूएईले सजिलै उक्त रन पूरा गरि १० विकेटले जित हासिल गरेको हो ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । ६ टोली सहभागी छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू-१९ टि२० महिला विश्वकप खेल्न पाउनेछ । नेपालले तेस्रो खेलमा सोमबार भुटानसँग खेल्नेछ ।

बिज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

देवदहमा बौद्ध दर्शन सम्बन्धि प्रवचन

देवदहमा जारी तेश्रो अन्तर वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता: क्वाटर फाईनलका खेलहरु सम्पन्न

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ३ र १२ सेमीफाईनल प्रवेश

वाफ वुमन्स च्याम्पियनसिपमा आज प्यालेस्टाइनसँग खेल्दै नेपाल

समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरामा सहमत हुन सकिदैन; -एमाले उपाध्यक्ष पौडेल

जाजरकाेटका भूकम्प पीडितलाई क्यानकाे २० लाख रुपैयाँ सहयाेग

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ५ र ७ विजयी

देवदह नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा सुरु