युवा संघ अध्यक्ष पौडेलले जन्मदिनको अवसरमा लिए एक जेहेन्दार छात्राको शैक्षिक अभिभाकत्व

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पाैडेलले रूपन्देहीको एक छात्रा झरना दर्लामीको शैक्षिक अभिवाकत्व लिएर जन्मदिन मनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत यस कुराको जानकारी दिँदै भनेका छन, ‘आज मेरो जन्मदिनको अवशरमा रुपन्देही, देवदह माविकी जेहेन्दार बिद्यार्थी झरना दर्लामीको स्कुल तथा उच्च शिक्षा अध्ययनका लागि आवश्यक सम्पूर्ण बन्दोबस्त सहितको शैक्षिक अभिवाकत्व ग्रहण गर्न पांउदा अत्यन्त खुशी छु ।’ पाैडेलले सोही विद्यालयका अन्य दुई जेहेन्दार बिद्यार्थीहरुको एक बर्षको शैक्षिक खर्च तथा सामाग्री सहयोग गर्ने काम गरेको पनि बताएका छन । पाैडेलले शुक्रबार उक्त विद्यालयको प्रांगणमा वृक्षारोपण समेत गरेका छन । उनले भनेका छन, ‘सामाजिक सेवाप्रतिको आफ्नो प्रतिबद्धता तथा श्रद्धेय अध्यक्ष क केपी शर्मा ओली तथा पार्टी स्पिरिटको व्याबहारिक कार्यान्वयनको यो सुनौलो अवशरको संयोजन गर्नुभएकोमा  सुमन पुरी,सुरज खरेल,बिकास गहतराज, ध्रुब खरेल,श्रद्धा कुंवर, भरत बोहोरा लगायत सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्दछु।

सम्बन्धित खवर

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या