युवा संघको हाईकिङ्ग यात्रा बुटवल गोलपार्क देखी पाल्पाको बसन्तपुर सम्म

बुटवल । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बुटवल तथा आसपासका पर्यटकीय क्षेत्रको प्रचार गर्न भन्दै पदयात्रा गरेको छ ।

युवा संघ रुपन्देही जिल्ला कमिटीको आयोजनामा शनिबार बिहान बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्मको पैदलयात्रा शुरू गरिएको हो ।

समृद्धिको लागि पर्यटन प्रवर्द्धन नारा दिइएको हाइकिङ्ग यात्राको अगुवाइ नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले गरेका हुन् । पदयात्रामा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरी, माधव शर्मा, खिमलाल भट्टराई, केन्द्रीय सदस्यहरु, सावित्रा अर्याल गोमादेवी आचार्य, प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, युवासंघका नेता तथा कार्यकर्ताहरूको सहभागिता छ ।

बुटवल र आसपास प्रयाप्त पर्यटकीय सम्भावना रहेको र पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि पदयात्रा आयोजना गरिएको युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले बताए।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने