यि पाँच चेली जो अपराधी बाट हार्न बाध्य भए

बिज्ञापन

 

बिज्ञापन

गाेकुल पाण्डे, बुटवल । वि.सं. २०७५ साउन १० गते कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो सुरक्षाको प्रत्याभूति दिलाउने राज्यको अंग प्रहरीले ‘मानसिक सन्तुलन’ गुमाएका व्यक्ति दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर पर्दा पछाडिका ‘भीआईपी हत्यारा’ लाई जोगाउने चक्करमा अनुुसन्धान घुमेको स्थानीयको दाबी थियो । जसलाई बल पुर्‍याउने गरी डीएनए रिपोर्ट पनि आइसकेको छ, भने विष्ट साधारण तारेखमा छुटिसकेका छन् । तर हत्या अहिले सम्म पनी रहस्यमय नै छ । निर्मला पन्त बलात्कार पछी हत्याकाण्ड नेपालमा भएको एक दर्दनाक हत्याकाण्ड मध्ये एक हो ।

बिज्ञापन

२०७७ माघ २२ गते बैतडीको दोगडा केदगार गाउँपालिका  वार्ड नं.- ७ कि १७ वर्षीया किशोरी भागिरथी भट्टको शव फेला पर्यो । अघिल्लो दिनदेखि बेपत्ता भएकी भागिरथी भट्टको शव घर नजिकैको जंगलमा अर्काे दिन साँझ मात्रै शव फेला परेको थियो । खोजी गर्ने क्रममा घर नजिकैको लवलेक सामुदायिक वनमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो । विद्यालयबाट घर फर्कने क्रममा वेपत्ता भएको आशंका गरिएकी उनको शव विद्यालय पोसाकमै फेला परेको थियाे । किशोरी भागिरथीको बलात्कारपछि हत्या गरी जंगलमा फालेको हुनसक्ने अनुमान स्थानीयवासीको अनुमान थियो । १७ वर्षीया किशोरी भागरथी भट्टको  जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको अस्पताल स्रोतले बतायो। कञ्चनपुरकी १३ वर्षीया निर्मलाको २०७५ साउन १० गते हत्या भएको भोलिपल्ट उनको शव उखुबारीमा भेटिएको थियो। तर अहिलेसम्म अपराधी पक्राउ नपर्नुले भागरथीको घटनामा पनि त्यसैको पुनरावृत्ति हुने त होइन भन्ने चिन्ता भने रहिरह्रयाे ।

२०७८असार ११ गते बिहान करिब ६ बजेतिर साथीको घर जना भनेर हिँडेकी चितवन राप्ती नगरपालिका वडा ३ घर भएकी २३ वर्षीया सुजता भण्डारी अन्ततः मृत अवस्थामा फेला परिन ।  स्थानीयले राप्ती नगरपालिका ब्रहमस्थानी जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव जंगलभित्र भेटिएको थियाे । झ्याङमा शव अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको थियो । त्यस्तै शव सडेको अवस्थामा रहनु । सुजता जंगलमा कसरी पुगिन्रु कस्ले उनको अपहरणपछि हत्या गरेको होरु वा अरु नै कारण हो भन्ने प्रहरीको अनुसन्धानबाट पुष्टि भइसकेको छैन।

२०७८ असार १४ गते नवलपरासी पुर्व गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको थियो । परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ परे पनी अहिलेसम्म बिनाको अवस्था थाहा हुन सकेको छैन । गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष पढ्ने बिना कँडेलसँगै बाइक चढेर घरबाट गएसँगै बेपत्ता भएकी हुन् ।

दुई वर्ष अघिमात्र विवाह बन्धनमा बाँधिएकी रुपन्देही तिलोत्तमा वार्ड नं.- ८ मणिग्रामस्थित ४ नम्बर टोल माइती घर भएकी २७ बर्षीया सीता भण्डारी पौड्यालको आफ्नै घरमा रहस्यमय मृत्यु भएको घटना सार्वजनिक भएको छ ।

उक्त नगरपालिका वाड५ घर भएका ४३ बर्षीय टीका पौड्यालकी श्रीमती सीताको आफ्नै घरको कोठामा रहस्यमय मृत्यु भएको घटना सार्वजनिक भएको छ । भदौ ६ गते तीजसमेत मानेर घर फर्किने गरि माइतीमा आएकी सीतालाई श्रीमान टीकाले भदौ १९ गते दिउँसो घरमा भतिजको बर्थडे छ ‘तिमी घर जाउ म पनि साँझ घर आउँछु’ भनेर पाल्पाबाट फोन गरेका थिए । उनले श्रीमानको बचन हार्न नसकी उनी घर फर्किएकी थिईन सिता । माइतीले उनी घरबाट हिँडेदेखि राति ९ बजेसम्म माइतीले फोन गरिरहे तर उनको फोन उठ्दै उठेन । अर्को दिन एक्कासी अर्को माइतीलाई काम छ भनेर टीकाको घरबाट बोलाइयो । माइतीजन त्यहाँ पुग्दा मुहार रक्ताम्मे अवस्थामा सीताको मृत्यु भइसकेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार उनी आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गलामा चुङ्गीले कसिएको र भुँईमा लडेको अवस्थामा भदौ २० गते विहान मृत फेला परेकी थिईन् ।

यी घटना त केही पात्र मात्र हुन । यस्ता  अन्य कैयौं छोरी चेली अकालमा अपराधी को सिकार भएका छन । यी सबै खाले हत्या नजिकका वा चिनजानकै व्यक्तिबाट भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । प्रायः यस्ता घटना चिनजानकै व्यक्तिबाट हुने र बलात्कारपछि पहिचान लुकाउन मान्छेबाट भएको आँकलन गर्न सकिन्छ । प्रायः चिनजानकै मान्छे संलग्‍न हुने गरेका देखिन्छ विगतमा । रेप गरेर पहिचान लुकाउन मर्डर गर्ने क्रम पनि उत्तिकै छ । डर धम्की र राजनितीक आडमा घटना चुपचाप पारी अपराधी लुक्ने लुकाउने भएका कारण अपराधिक कृयाकलापमा संग्लनलाइ प्रहरीले सार्वजनिक  गर्न सकेको छैन । आखिर कहिले सम्म छोरीहरु घरभित्रैदेखि बाट असुरक्षित महसुस गर्नु पर्ने रु प्रश्न खडा भएको छ ।

सम्बन्धित खवर

देवदह बुद्ध पब्लिकमा अग्नि नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न

संघीयताको सवलिकरणनै बलियो प्रदेशः मुख्यमन्त्री आचार्य

जब दिलबहादुर काठको कोसि बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगेपछी…

संविधान दिवसकाे अवसर पारेर खुल्ने भयो धरहरा; सर्वसाधारणलाई निःशुल्क

देवदह २ मा डेङ्गु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको चौथो चार्टर्ड नाईट सम्पन्न

भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धिको दिशामा अगाडी बढेका छौं : स्वास्थ्य मन्त्री सारु

एमाले सम्मरीमाई गाउँ कमिटीको अध्यक्षमा हद्धिस देवान