केशव पराजुली, देवदह । पश्चिम नेपाल बस व्यवसायी प्रालि र यात्रुहरु विच सात बुँदे सहमति भएको छ । देवदहको भलुही तथा तिलोत्तमा नगरपालिका अन्तर्गत भुपु सैनिक एवम भोल्काका बासिन्दाहरको बुधवार बसेको संयूक्त हभेलाले बुटवल बर्दघाट रुटका बसहरुको रुट नं. २२ लाई देवदहको भलुहीलाई जिरो पोइन्ट बनाई भोल्काबाट भलुही चरङ्गे हुँदै बुटवल गोल्पार्क सम्म दैनिक ६ वटा बस संचालन गर्ने सहमति भएको पश्चिम नेपाल बस ब्यावसायी प्रालिका कार्यसमिति सदस्य कृष्ण प्रसाद सापकोटा सागरले जानकारी दिनु भयो ।
देवदह नगरपालिका वडा नं.९ का वडा अध्यक्ष मोहन बहादुर जिसीको अध्यक्षतामा तथा देवदह १० का वडा अध्यक्ष यक बहादुर सुनारको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले यस अघि संचालन भएको ३५ मिनेटको समय अन्तरालाई घटाई २५ मिनेट गर्ने, विहान ७ बजे देखि साँझ ५ बजे सम्म बस संचालन गर्ने, २२ नं. रुटको बस बन्द भएपछि बर्दघाटको बसले भलुहीका यात्रुहरुलाई चढाउनु, २२ नं. रुटका सबै स्टेशनहरुमा समय तालिका राख्नु पर्ने लगायतका बुँदाहरुमा सहमति भएको हो । गत साउन देखि संचालनमा आएको २२ नं.रुटका माइक्रो बसले समयमा सेवा नदिँदा यात्रुहरु मर्कामा परेको भन्दै स्थानियहरुले २२ नं.रुट बन्द गरेपछि बुधबारको संयूक्त भेलाले २२ नं. रुटको भलुही भोल्का माईक्रो बस पुनः संचालनमा आउने भएको हो ।
उक्त भेलामा पश्चिम नेपाल बस ब्यावसायी प्रालिका तर्फबाट बुटवल बर्दघाट रुट सदस्य टेकराज भट्टराई रामु, बरिष्ठ ब्यावसायी कृष्ण न्यौपाने, तिलोत्तमा नगरपालिका वडा नं.११ की वडा सदस्य सुनिल्का खवास, देवदह ९ की वडा सदस्य कृष्णमाया राना, जनप्रिय सामुदायिक बनकी अध्यक्ष रुका सापकोटा, उपाध्यक्ष टेक बहादुर वि.क., सदस्य मालती अधिकारी, मिलन सामुदायिक बनका अध्यक्ष तेज बहादुर कुँवर उपाध्यक्ष दिलिप पुन, सिर्जनशील टोल विकास संस्थाका अध्यक्ष चन्द्र बहादुर रसाईली, धौलागिरी आमा समुहकी अध्यक्ष मिना खाकी श्रेष्ठ, भलुही बजार ब्यवस्थापन समितिकी अध्यक्ष गिता शर्मा, गिरीराज भट्टराई, लगायतले बोल्नु भएको थियो ।