यही व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्छाैँ : रास्वपा सभापति लामिछाने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताउनुभएको छ ।

आज बुधवार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले वर्तमान विद्यमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताउँदै शासकीय स्वरूपमा केही कमजोरी रहेको उल्लेख गर्नुभयाे । उहाँले शासकीय स्वरूपमा भएका कमजोरीलाई चुनावबाट मात्रै परिवर्तन गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नीति विचारका बारेमा हामीले दस्तावेजीकरणको काम गरेका थियौँ । त्यसलाई पास गरेका छौँ । हामी अहिले भएको विद्यमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका दल हौँ । यद्यपि शासकीय स्वरूपमा केही कमी कमजोरी छन् । यो परिवर्तन गर्ने उपाय भनेको चुनाव मात्रै हो । परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’

सभापति लामिछानेले मधेसलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढिरहेको दाबी पनि गर्नुभयाे ।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण