म्यादी प्रहरीलाई बेतको लौरोको बजेट कटौती

काठमाडौँ — सरकारले म्यादी प्रहरीका लागि बेतको लौरोको बजेट नै कटौती गरेको छ । ‘स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७८’ मा प्रत्येक म्यादी प्रहरीलाई एउटा बेतको लौरो उपलब्ध गराइने उल्लेख छ ।

 

‘म्यादी प्रहरीले नेपाल प्रहरीले प्रयोग गर्ने बेतको लाठी पोसाकको अंगका रूपमा प्रयोग गर्ने छन्’ भनिएको छ । तर, बेतको लाठीका लागि भने छुट्टै बजेटको व्यवस्था गरिएको छैन ।

http://www.facebook.com/uniquephotography42

प्रहरी प्रधान कार्यालयले १ लाख म्यादीका लागि ४० दिन कार्यावधि तोकेर मासिक आधारभूत तलब २२ हजार ६ सय ६० गरी एकमुष्ट ३० हजार २ सय ४०, पोसाक भत्ताबापत् एकमुष्ट ६ हजार, रासन भत्ताबापत् एकमुष्ट ७ हजार २ सय र यातायात भाडा एक पटकका लागि एक हजार उपलब्ध गराइने गरी आवेदन खुलाएको छ । तर, कार्यविधिमा उल्लेख गरिएको एक लाख बेतका लौरोलाई भने पोसाकको अंगमा गाभेर खर्च कटौती गरिएको छ ।

प्रहरीका लागि १ हजार बेतको लौरो खरिद गर्न २० लाख रुपैयाँ बजेट आएको र म्यादीका लागि चाहिने लौरोबारे कुनै सम्बोधन नभएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले बताए । ‘कार्यविधिमा हरेक म्यादीका लागि एक–एक बेतको लौरो उपलब्ध गराउनुपर्ने भन्ने छ तर लौरोका लागि बजेट आएन,’ उनले भने, ‘अब विकल्पका रूपमा अरू नै लौरोबाट काम चलाउनुपर्ने स्थिति आयो ।’

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी