मोतीपुर झडप : घाइते ४ जनाको मृत्यु

बुटवल । आइतबार बिहानदेखि बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा परी ४ जनाको मृत्यु भएको छ । उनीहरुको उपचारका लागि रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा लाँदै गर्दा बाटोमा मृत्यु भएको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।

झडपमा परी घाइते मध्ये मेडिकल कलेजमा १५ जना लगिएको थियो । जसमध्ये ४ जना सर्वसाधारणको मृत्यु भएको हो । अन्य ११ जना घाइते हुनेमा ५ जना प्रहरी र ६ जना सर्वसाधारण रहेको उनले बताए । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत गुरुङले बताए ।

यता लुम्बिनी प्रादेशिक अस्पतालले झडपमा परी घाइते भएका ५० जना भन्दा बढीको उपचार भएको जनाएको छ । घाइते हुनेमा प्रहरीको संख्या बढी रहेको लुम्बिनी प्रादेशिक अस्पताल इमर्जिन्सी विभाग प्रमुख रामप्रसाद अर्यालले बताए । उनले भने ‘ अहिलेसम्म ५० जना घाइतेहरुको उपचार गरेका छौं । जसमध्ये १५ जना गम्भीर हुनुहुन्छ । घाइतेहरुको संख्या अझैपनि बढ्दो छ।’औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो ।
यसैबीच तनाव शान्त नभएपछि स्थानीय प्रशासनले साँझदेखि मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । हाल घटना भएको क्षेत्रमा बाक्लो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना