देवदह // रुपन्देहीको देवदहमा सामाजिक क्षेत्रमा अग्रहसर दुई संस्था बिचको मैत्रीपुर्ण ब्रदर्श डर्बी फुटबल खेल सम्पन्न भएको छ। देवदह ८ विशालनगरको खेल मैदानमा आयोजित मैत्रीपुर्ण खेलमा लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको टिम विजयी भएको छ।
शनिबार भएको मैत्रीपुर्ण खेलमा निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरीमा सकेपछि खेल ट्राईवेकरमा गएको थियो। लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका लागि आक्रोश देवकोटाले १ गोल गरेका थिए भने सामाजिक सेवा समुहका मदन शर्मा पोख्रेलले १ गोल गरेका थिए । ट्राईवेकरमा खेल लायन्स क्लब अफ देवदह प्रोफेशनल युथले ५-४ को गोल अन्तरले जित हासिल गरेको हो।
फरक नाम तर समाजसेवाको साझा उद्देश्य लिएर स्थापना भएका संस्थाबिचको मित्रलाई अझै बलियो बनाउने उद्देश्य साथ खेलको आयोजना गरिएको हो । विगत ४ वर्ष देखि उक्त मैत्रीपुर्ण खेल खेलिदै आएको छ । जसमा २ खेल सामाजिक सेवा समुहले जितेको छ भने २ खेल लायन्स क्लब अफ देवदह प्रोफेशनल युथले जितेको छ ।