‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८०’ काे टाेली बुटवल आइपुग्याे

बुटवल । असोज २७ गतेदेखि सुरू भएको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८०’ शनिबार बिहान बुटवल आइपुगेको हो ।

‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा’ भन्ने मूल नारासहित पूर्व मेची पूलबाट सुरू अभियान अन्तर्गत दसैँभर १२२ जना सडक आश्रित मानवको उद्धार गरिएको छ ।

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा साे अभियान सुरू गरिएकाे अभियान अन्तर्गत बुटवलबाट ३ जनाको उद्धार गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । पूर्वको मेची पुलबाट एक बालकसहित ३ जनाको उद्धार गरी सुरु भएको अभियान महाकालीमा पुगेर समापन गरिने उनले बताए ।

चर्चित गायिका आनी छोइङ डोल्मासँगै मानव सेवा आश्रमका सदस्यहरुसहित अभियानमा रहेका टोलीमा सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा सामाजिक रूपमा कमजोर सडकआश्रित मानवलाई उद्धार गर्दै आएको छ ।

अभियानकर्तालाई बुटवलमा स्वागत गर्दै बुटवल उमपहानगरका मेयर खेलराज पाण्डे, समाजसेवी तथा मानव सेवा आश्रमका सदस्य गोपाल रानाले अभियान सफलताको शुभकामना व्यक्त गरे । बुटवलको बसपार्कमा बेसहारा भई बसेका एक पुरुष, एक महिला र बालिकालाई उद्धारपछि बोल्दै मेयर पाण्डेले उनीहरूको व्यवस्थापनका उपमहानगर सबै दायित्व पूरा गर्न तयार रहेको बताए ।

‘मानव सेवाका लागि सधैँभर हामीले गोजीबाट पैसा निकालेर दिनुपर्छ भन्ने छैन, हामीले गर्ने व्यवहार र बोल्ने बोली सधै सकारात्मक भए अभियान सार्थक हुन्छ ’ भन्दै गायिका आनीले हर मानवमा करुणा भाव हुन आवश्यक रहेको बताइन् ।

अभियान अन्तरगत बुटवलमा भएको मानवउद्धार कार्यमा मानव सेवा आश्रमका अभिभावक लोकनाथ भुसाल, शेरबहादुर गौतम, आश्रमका लुम्बिनी संयोजक सरु अधिकारी, रुपन्देही संयोजक टीकामाया थापालगायत सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आश्रमका सदस्य उपस्थित थिए ।

मानव सेवा आश्रमले देशका २४ वटा सेवाकेन्द्रबाट हालसम्म १ हजार ६ सय बढीको उद्धार गरी आश्रमको व्यवस्था गरेको छ । रुपन्देहीमा १८० जना सडक आश्रितहरुलाई उद्धार गरी उनीहरुलाई बासको व्यवस्था गर्दै आएको छ ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल