मानव सेवा आश्रम सहयोगका लागि इद धमका

गोरखा सेवा समाज कतारको आयोजनामा बृहत् सांस्कृतिक इद धमका हुने गर्ने भएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद-अल-अदाको अवसर पारेर “मानव सेवा आश्रम, गोरखा शाखाको भवन निर्माण सहयोगार्थ” उक्त कार्यक्रम आयोजना गर्न लागिएको गोरखा सेवा समाजका अध्यक्ष ओम गुरुङले जानकारी दिएका हुन् ।

उक्त कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट पछिल्लो समयका व्यस्त तथा चिरपरिचित लोक तथा दोहोरी गायक खेम सेन्चुरी र भर्षटायल गायक उर्गेन दोंग, लोक तथा दोहोरी गायिकाद्वय समीक्षा अधिकारी र निर्जला गुरुङ कतार आउने कुराको सूचना कलाकारहरुले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत  दिँदै उनीहरुले कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा समेत गरेका छन् ।

कार्यक्रम जुन १७ तारिक सोमबार अल लुक्तामा रहेको ट्युनिसियन स्कुलको कभर्ड हलमा हुने कार्यक्रमका संयोजक राकेश श्रेष्ठले बताएका छन् ।

कतार आउने कलाकारको भिसालगायतका सबै प्रक्रिया पूरा गरेर टिकट बिक्री वितरण शुरु गरिसकेको र कतारमा रहने नेपालीहरूको सहजताका लागि दोहाका रेष्टुरेन्ट , सपिङ्ग महल र त्यहाँ सक्रिय रहेको संघसस्थाहरुलाइ उपलब्ध समाजले टिकट उपलब्ध गराइसकेको छ ।

आयोजक सस्था गोरखा सेवा समाजले मानव सेवारत आश्रमको सत्कर्मका लागि गरिएको यस सांस्कृतिक  कार्यक्रमको  टिकट खरिद गर्नु नै मानवीय सेवा हुने भएकाले कतारमा रहेका नेपालीहरुलाइ टिकट लिइदिन हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम संयोजक राकेश श्रेष्ठका अनुसार  कार्यक्रम स्थलसम्म आउन जानका लागि कतारको दोहा , सनैया र अल्खोर बाट निःशुल्क यातायातको व्यवस्थासमेत गरिएको जनाइएको छ ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल