माओवादी र एसले गठबन्धन बिना चुनाव जिते सबै सम्पत्ति दान गरेर वृन्दावन जान्छु : दुर्गा प्रसाईं

बिज्ञापन

काठमाण्डौ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका व्यवसायी दुर्गा प्रसाईंले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै मात्र सीट जिते आफू सम्पूर्ण सम्पत्ति दान गरेर वृन्दावन जाने सार्वजनिक घोषणा गरेका छन् ।

बिज्ञापन

बुधवार भक्तपुरको सूर्यविनायकमा आफ्नै लगानीमा खुलेको तरकारी बजार उद्घाटनका क्रममा प्रसाईंले माओवादी र नेकपा एस नक्कली कम्युनिस्ट भएको टिप्पणी गर्दै आगामी चुनावमा ती दुई कम्युनिस्ट पार्टीले एक सीट जिते आफ्नो सबै सम्पत्ति दान गरेर वृन्दावन जाने बताएका हुन् ।

‘चुनौती दिएर भन्छु, माओवादी र एसले कुनै निर्वाचन क्षेत्रबाट एक सीट जितेमा उनीहरूले इच्छाएको व्यक्तिको नाममा सम्पत्ति दिएर वृन्दावन जानेछु,’ प्रसाईंले भने ।
उनले नेकपाको सरकार ढालेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल अनैतिक साँठगाँठमा लागेको आरोप लगाए ।

बिज्ञापन

‘गठबन्धनको भीख माग्दै कांग्रेसको पुच्छर समात्दै राजनीतिको वैतरणी तर्न खोज्ने प्रचण्ड र माधव नेपाल चुनावपछि कहाँ हुनेछन्, केपी ओलीले बनाएको धरहराको बादर्लीबाट हेर्नु पर्नेछ,’ प्रसाईंले भने ।

सम्बन्धित खवर

साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ बाट सम्मानित

पहिरोमा परेको बस त्रिशूलीमा डुबेपछि जसले पौडिएर ज्यान जोगाए

पोखरामा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु, ४ जना घाइते

भैरहवामा बुद्ध एयरको जहाज रनवेमा चिप्लियो, सबैजना सकुशल

नारायणगढ–मुग्लिन सडकमा पहिरोले २ वटा यात्रुबस बगायो, करिब पाँच दर्जन यात्रु बेपत्ता

शेयर बजार एक वर्षपछि २२ सय विन्दुमाथि

बागलुङमा पहिरोले घर पुरिँदा घर भित्रै सुतिरहेका एक जनाको मृत्यु

न्यू नमुनामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न