माओवादी केन्द्रको तीन महिने विशेष रूपान्तरण अभियानको देवदहमा समापन

बिज्ञापन

देवदह । नेकपा (माओवादी केन्द्र)ले संचालन गरेको तीन महिने विशेष रूपान्तरण अभियानको देवदहमा समापन गरिएको छ । सोमबार एक कार्यक्रमबीच अभियानको लागि केन्द्र र प्रदेशबाट सहभागी नेतृत्वलाई कार्यक्षेत्रबाट विदाई गर्दै माओवादीले अभियानको औपचारिक समापन गर्यो ।

बिज्ञापन

देवदह नगरस्तरिय समिक्षा बैठकको ब्यानरमा आयोजित समापन कार्यक्रममा बोल्दै अभियानको लागि पार्टी केन्द्रबाट देवदह कार्यक्षेत्रमा आएका केन्द्रिय सदस्य सिता बौडेलले जनयुद्धकालमा देवदहमा काम गरेका साथीहरूसँगको भेटले आफुलाई गम्भीर बनाएको भन्दै आशुँ नै खसालिन् । ” कमरेडहरू म आज समालिन सकेको छैन” जनयुद्धमा श्रीमान् गुमाएकी सहिद परिवार बौडेलले भनिन्, “जनयुद्धकालमा पनि देवदहमा काम गर्दा सुरक्षित महसुस हुन्थ्यो, मेरो श्रीमानले लामो समय यहाँ काम गर्नुभयो र पछि चितवन कार्यक्षेत्रमा खटिदा सहादत प्राप्त गर्नुभयो । अभियानका क्रममा म हामीलाई जनयुद्धमा सघाउने, हामीलाई सेल्टर दिने सबै बुवा-आमा र साथीहरूको घरमा पुगेको छु । अझै पनि उहाँहरूले हामीलाई उत्तिकै माया गर्नुहुन्छ ।”

संविधानसभा सदस्य समेत रहेकी बौडेलले हलमा यसो भनिरहँदा हल नै गम्भीर बनेको बैठकमा सहभागी एक माओवादी कार्यकर्ताले बताए । सो अवसरमा नेत्री बौडेलले देवदहमा पार्टी कमजोर नभएको तर नगर नेतृत्वको टिमवर्कमा आफुले समस्या देखेको भन्दै एकताबद्ध भएर मेहनत गरेको अवस्थामा अहिलेपनि तीनदेखी चार वटा वडा माओवादी एक्लै जित्न सक्ने आफुले देखेको बताईन् ।

बिज्ञापन

सो अवसरमा पार्टी जिल्लाबाट अभियानको लागि देवदहमा खटिएका पार्टी जिल्ला सचिव सन्तप्रसाद यादव लगायतलाई अभियानमा खटिएकोमा आभार सहित सम्मान गरिएको थियो।

घरघरमा माओवादी, जनजनमा माओवादी, मनमनमा माओवादी नारा सहित देवदहमा भदौ ६ गतेबाट सुरू भएको अभियानका क्रममामा ८५२ जना नयाँ पार्टी सदस्य थपिएको र अभियानले पार्टी कार्यकर्ता र जनामा उत्साह ल्याएको पार्टीका देवदह नगर अध्यक्ष गोविन्द ठटराईले बताए ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व