अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

देवदह // रुपन्देहीको देवदह नगरपालिका वडा नं ८ मा महिला दिदिबहिनी संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।उपमेयर संग महिला लक्षित कार्यक्रम अन्तर्गत वडामा महिला दिदिबहिनीहरुको आवश्यकता अनुसारको कार्यक्रम उपलब्ध गराउने हेतुले सो कार्यक्रम आयोजना गरिएको देवदह नगरपालिकाका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिनु भयो ।

बिज्ञापन

कार्यक्रमकाे प्रकाश पार्दै गुरुङले महिलाहरु आर्थिक , सामाजिक र शैक्षिक हिसाबले पछि परिरहेको बताउनुभयो। जब सम्म महिलाहरू आर्थिक हिसाबले बलियो हुदैनन् तब सम्म कोई पनि सबल हुन नसक्ने उहाले बताउनुभयो । पहिला विभिन्न तालिमहरु भएपनि तालिममै मात्र सिमित रहकाे बताउदै अघिल्लो स्थानीय सरकार पछि उपप्रमुख संग महिला लक्षित कार्यक्रम राखिएको र यस बाट महिलाहरकाे अपेक्षा अनुसार उनीहरूकै रोजाईमा आगामी दिनमा अन्य कार्यक्रम पनि राखिने उहाले बताउनुभयो । उपप्रमुख संग महिला कार्यक्रम अन्तरगत नै अघिल्लो ५ बर्षमा मखमलको जुत्ता बनाउने, ढकिया बनाउने, सिलाई कटाई , चुरा पोते लगायत विभिन्न तालिमहरू आयोजना गरिएको थियो । उहाले महिला सक्ष्म भए घर, परिवार र समाज सक्ष्म हुने बताउनुभयो।

अन्तरक्रिया कार्यक्रममा कुरा राख्दै सहभागी बाट महिलाहरुले उत्पादन गरेका वस्तुको बजारको उचित व्यवस्थापन नभएको, लगानी नउठ्ने समस्या रहेको बताएका थिए । कार्यक्रम देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरि पाण्डेको अध्यक्षता, वडा सदस्य हरि पौडेलको स्वागत र वडा सचिव राम प्रसाद शर्माको सञ्चालनमा भएको थियो।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना