महिलाहरूका लागि नेतृत्व तथा क्षमता विकास तालिम सुरु

देवदह //रुपन्देहीको देवदहमा महिलाहरूका लागि नेतृत्व तथा क्षमता बिकास तालिम सुरु भएको छ । देवदह नगरपालिका वडा नं ५ को आयोजना र कामना सेवा विकास बैंक खैरेनी शाखाको सह आयोजनमा उक्त तालिम भएको हो।

बिज्ञापन

तिन दिने नेतृत्व तथा क्षमता बिकास तालिम देवदह नगरपालिका वडा नं ५ का आमा समूह, टोल विकास संस्थाका महिला पदाधिकारीहरु तथा अगुवा महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई रेडियो देवदहका पुर्व स्टेसन म्यानेजर रमेश पोखरेलले नेतृत्व के हो , नेतृत्वको आवश्यकता , भूमिका , दायित्व , महिला अधिकार, माईनुट लेखन आदिको विषयमा प्रशिक्षण दिनु हुनेछ।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी देवदह नगरपालिका नगर प्रमुख धुर्व खरेलले प्रत्येक व्यक्ति संग आफ्नो क्षमता हुन्छ, त्यसलाई पहिचान गर्न जरुरी रहेको बताउनुभयो। उहाले जीवन भनेको सिकाई हो जति अभ्यास गरीयो त्यति सिकिने बताउनुभयो। आफुले जति प्रयोगमा ल्याईन्छ त्यति नै आफ्नो क्षमता वृद्धि हुने र यश किसिमको तालिमले मात्र भोक जगाउने हो , यस अर्थ पनि अभ्यास आफुले निरन्तर गर्नु पर्नेमा जोड दिनुभयो।

बिज्ञापन

त्यस्तै कार्यक्रममा बोल्दै देवदह नगरपालिका नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले नेतृत्व विकास नभए सम्म कोई पनि सबल हुन नसकिने बताउनुभयो। वडाले गरेको यस तालिमले साच्चिकै वडाका दिदिबहिनीहरुको नेतृत्व तथा क्षमता विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।साथै तालिममा सिकेका कुराहरूलाई व्यवहारमा ल्याउन सहभागिहरूलाई आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, कामना सेवा विकास बैंक खैरेनी शाखाका ब्रान्च इन्चार्ज शिताराम श्रेष्ठ, महिला नेत्री अञ्जु श्रेष्ठ, कामना सेवा विकास बैंकका मिलन खरेल, जनप्रतिनिधि, कर्मचारी वडाका महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम देवदह नगरपालिका वडा नं ५ को महिला सदस्य शावित्रा पौडेलको अध्यक्षता , वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेको स्वागत र वडा सचिब अरुणा भट्टराईको सञ्चालनमा भएको थियो।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना