मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मतदान

निर्वाचन आयोगले मध्यान्ह १२ बजेसम्म मुलुकभरमा ३५ प्रतिशत मतदान भएको जनाएको छ ।

काठमाडौं । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा छिटफुट घटनाबाहेक उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।

मध्याह्न १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ । तर दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ ।

ती स्थानमा  पनि छिट्टै मतदान सुरु हुने अपेक्षा रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

मुलुकभरका सात सय ५३ वटै स्थानीय तहका १० हजार ७ सय ५६ मतदान स्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल