मध्यविन्दुका पाँच सामुदायिक विद्यालयलाई बस

बिज्ञापन

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ ।

बिज्ञापन

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको लागत सहभागितामा बस प्रदान गरिएको हो । सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउन आर्थिक वर्ष २०७८÷७९ को बजेटबाट नगरपालिकाले प्रतिबस रु १८ लाख अनुदान दिएको छ । विद्यालयको लागत रु पाँच लाख मात्र रहेको छ ।

“हामीले नगरपालिकाको करिब ८० प्रतिशत अनुदानमा सामुदायिक विद्यालयलाई बस प्रदान गरेका छौँ”, पाण्डेले भन्नुभयो, “बसमा विद्यालयको लागत अनिवार्य गरेका छौँ । ” नगरपालिकाले मध्यविन्दु–३ को जनता मावि, मध्यविन्दु–११ को वीरेन्द्र मावि, मध्यविन्दु–१२ को यादव मावि, मध्यविन्दु–१३ को सरस्वती मावि र मध्यविन्दु–१५ को ज्ञानोदय माविलाई अनुदानमा बस प्रदान गरेको हो ।

बिज्ञापन

नगरपालिकाले हालसम्म नगरका १० सामुदायिक माध्यमिक विद्यालयलाई बस प्रदान गरिसकेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाभित्र १३ वडामा १३ सामुदायिक माध्यमिक विद्यालय छन् । वडा नं ९ को नेपाल लोकसेवा माविलाई भने स्थानीय सामुदायिक वनले सहयोग गरेर बस प्रदान गरेको छ । पन्ध्र वडा रहेको मध्यविन्दुको वडा नं १ र ५ मा सामुदायिक माध्यमिक विद्यालय छैनन् । विद्यालय यातायात व्यवस्थापन सहयोग कार्यक्रमअन्तर्गत नगरभित्रका सामुदायिक माविलाई बस उपलब्ध गराइएको हो ।

सम्बन्धित खवर

नगरस्तरीय अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगितामा बुद्द पब्लिककी दिक्षा केसी प्रथम

आज भाइटीका : उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

आईसीसी विश्वकप लिग-२ :  नेपाल अमेरिकासँग पराजित

हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित

देवदह नगर वडा स्तरीय लिग क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ८ लाई 

मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा कर्मचारीको टोली विजयी

महिला साफ च्याम्पियनसीपको उपाधि बंगलादेशलाई : नेपाल उपविजेता

देवदह नगर स्तरीय लिग क्रिकेट प्रतियोगिता ; फाइनलमा वडा नं ६ र ८ भिड्ने