मंसिर ५ देखी एरोथाईले क्यालिब्रेसन उडान गर्दै, उडानको कारण पोखराको नियमित उडान प्रभावित हुने

बिज्ञापन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने क्यालिब्रेसन उडानका कारण पोखराको पुरानो विमानस्थलबाट भइरहेको आन्तरिक उडान प्रभावित हुने भएको छ ।

बिज्ञापन

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षणका लागि सोमबारदेखि क्यालिब्रेसन गर्दैछ । यसका लागि एरोथाई कम्पनीको विशेष जहाज नेपाल आइसकेको छ ।

निर्वाचनको भोलिपल्ट अर्थात ५ मंसिरदेखि १२ मंसिरसम्म विमानस्थलमा यान्त्रिक परीक्षणका लागि विशेष जहाजले कैयौं पटक उडान तथा अवतरण गर्नेछ । सो क्रममा नियमित उडानहरु भने प्रभावित हुनेछन् ।

बिज्ञापन

वायुसेवा कम्पनीहरुले यस अवधिमा उडानमा असर पर्ने भन्दै यात्रुलाई सूचित गराएका छन् । यति एयरलाइन्सले एक सूचना प्रकाशित गर्दै क्यालिब्रेसन उडानका कारण आफ्नो नियमित उडान एक सातासम्म प्रभावित हुने बताएको छ ।

सम्बन्धित खवर

साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ बाट सम्मानित

पहिरोमा परेको बस त्रिशूलीमा डुबेपछि जसले पौडिएर ज्यान जोगाए

पोखरामा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु, ४ जना घाइते

भैरहवामा बुद्ध एयरको जहाज रनवेमा चिप्लियो, सबैजना सकुशल

नारायणगढ–मुग्लिन सडकमा पहिरोले २ वटा यात्रुबस बगायो, करिब पाँच दर्जन यात्रु बेपत्ता

शेयर बजार एक वर्षपछि २२ सय विन्दुमाथि

बागलुङमा पहिरोले घर पुरिँदा घर भित्रै सुतिरहेका एक जनाको मृत्यु

न्यू नमुनामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न