भोली नेपाल बन्दको आह्वान

दाङ । भोली ४ गते दाङसहित देशैभर नेपाल बन्दको आह्वान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टि, नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी र नेकपा मालेले संयुक्त रुपमा भोली बुधबार दाङसहित देशैभर नेपाल बन्दको घोषना गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बस्ने प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता एमसीसी पेस हुने बताएपछि नेपाल बन्दको घोषना गरिएको नेकपा क्रान्तिकारी माओवादीका दाङ जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडेले जानकारी दिनुभयो ।

अमेरिकी सहयोग परियोजना एमसिसिको विरोधमा रहँदै आएका चार पार्टीले भोली संयुक्त रुपमा नेपाल बन्दको घोषना गरेका छन् । भोली एम्बुलेन्स, दुध र तरकारी बोक्ने सवारीका साधनबाहेक सबै सवारीका साधन सञ्चालनमा रोक लगाईने बन्जाडेले जानकारी दिनुभयो ।

यसैबीच नेपाल बन्दको पूर्वसन्ध्यामा आजसाँझ घोराहीमा मशाल जुलुस तथा कोणसभा सम्पन्न भएको छ । बन्द गरेका राजनीतिक दलहरुले कोणसभा गरेका हुन ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना