भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु, जम्मा मृतककाे संख्या १२८ पुग्याे

शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले  बताएका छन ।

भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए ।

प्रवक्ता कडायतले भने, ‘सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको छ, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ ।’

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाकाे हेलिकप्टरबाट नेपाली सेनाको १६ जनाको मेडिकल टीम सहित जाजरकोट प्रस्थान गरेका हुन् ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते