भरतपुरका बागी उम्मेदवार फिर्ता गराउन प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई खटाए

काठमाडौँ । स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेस नेता कार्यकर्ताले देखाएको असन्तुष्टि सम्बोधन गर्न कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई खटाएका छन् । प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्री खाँण बुधबार दिउँसो नै भरतपुर जाँदैछन् ।

बिज्ञापन

भरतपुरमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा महानगरको मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने कांग्रेस नेता कार्यकर्ताले त्यसको विरोध गर्दै आएका छन् ।

असन्तुष्ट कार्यकर्ताको तर्फबाट नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारीसमेत दिइसकेका छन् । काठमाडौंमा तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले प्रधानमन्त्री देउवाको निर्देशनपछि चितवनमा गठबन्धन बलियो बनाउने गरी भूमिका खेल्न आफु त्यसतर्फ जान लागेको बताए ।

बिज्ञापन

‘म भैरहवा जाने कार्यक्रम थियो । तर, सभापतिज्यूले ‘तिमी चितवन जाऊ, र पार्टीका साथीहरूसँग छलफल गरेर गठबन्धनलाई अघि बढाउने काम गर्नू’ भन्ने निर्देशन गर्नुभयो, म साढे दुई बजेको फ्लाइटबाट चितवन जाँदैछु,’ कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले भनेका थिए ।

गठबन्धनका लागि भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रका तर्फबाट रेणु दाहालले उम्मेदवारी दिएकी छिन् भने उपमेयर पदमा कांग्रेसका महानगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् । भरतपुरमा यसअघि २०७४ को निर्वाचनमा पनि कांग्रेसले नेकपा माओवादी केन्द्रलाई समर्थन गरेको थियो ।

 

 

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन