भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल दुई तिहाई बढी मतले विजयी

भक्तपुर क्षेत्र नं. १ बाट नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल विजयी भएका छन। नेकपा एमालेका नवराज गेलाललाई ३० हजार ७ सय ९३ मतले पछि पार्दै सुवाल तेश्रो पटक प्रतिनीधि सभा सदस्य पदमा वियी भएका हुन।
नेमकिपाका प्रेम सुवालले ४२ हजार ७ सय ६१ मत प्राप्त गरी विजयी हुँदा एमालेका गेलालले ११ हजार ९ सय ६८ मत प्राप्त गरेका थिए। सुवाल यस अघि समानुपातिकबाट २०७० सालमा र २०७४ मा प्रत्यक्ष प्रतिस्पर्धाबाट निर्वाचित भई प्रतिनीधि सभामा प्रबेश गरेका थिए। यस जितसंगै सुवाल तेश्रो पटक प्रतिनीधि सभामा प्रबेश गर्ने मौका पाएका हुन। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत बहादुर खडकाले ९ हजार ९ सय ३ प्राप्त गरेका छन भने माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २ सय ८३ मत प्राप्त गरेका छन।

सुवालले प्राप्त गरेको मतसंग एमालेका नवराज गेलाल, राप्रपाका भरत बहादुर खडका र माओवादी केन्द्रका उमेद्वार सुनिल गोठेले प्राप्त गरेको मत जोड्दा समेत १५ हजार ६ सय ७ अझै पुग्दैन। सुवाल नेमकिपाका केन्द्रिय सचिव हुन ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने