बु.उ.न.पा.– १७ को आयोजना तथा दाह्री ग्याङ रुपन्देहीको सह–आयोजनामा बृहत निःशुल्क स्वास्थ शिविर संञ्चालन हुने

बुटवल उपमहानगरपालिका वार्ड नं. १७ ले बृहत निःशुल्क स्वास्थ शिविर तथा मुखको स्वास्थ परिक्षण गर्ने भएको छ ।

रुपन्देही १७ मोतिपुर स्थित वडा कार्यालय परिसरमा हुने उक्त कार्यक्रमको आयोजना बुटवल उपमहानगरपालिका वार्ड नं. १७, तथा सह–आयोजक दाह्री ग्याङ रुपन्देहीले गर्ने भएको छ ।

हरेक महिना सामाजिक काम गर्दै आएको दाह्री ग्याङ रुपन्देहीले केही दिन पहिले मात्रै मोतीपुर मा.वि.मा शिक्षा सरोकारवाला र अभिभावकका लागि अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको दाह्री ग्याङ रुपन्देही अध्यक्ष भरत पौडेलले बताउनु भयो ।

भाद्र २५ गते विहान ९ः०० बजेदेखी सञ्चालन हुने उक्त कार्यक्रमको प्राविधिक सहकार्य भने मेडिटेक अस्पताल प्रा. लि. र आधुनिक समाज डेण्टल केयर प्रा.लि. ले गर्ने कार्यक्रमका योजनाकार माधव सापकोटाले जानकारी दिनुभयो ।

उक्त शिविरमा फिजिसियन सेवा, स्त्री तथा प्रसुती रोग, मुत्र रोग, दात, मुख तथा गिंजा सम्बन्धी रोगको परिक्षण तथा स्वास्थ सम्बन्धी परामर्श प्रदान गर्ने बुटवल उपमहानगरपालिका वार्ड नं. १७ का वडा सचिव राधिका श्रेष्ठले जानकारी दिनुभयो ।

मोतीपुर वासी तथा सो आसपास रहनुहने स्थानियलाई सो अवसर मा लाभ लिनुहुन सम्पुर्णमा अनुरोध पनि आयोजकले गरेको छ ।

सम्बन्धित खवर

पाल्पाको बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना

दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

देवदह–८ मा किसानलाई निशुल्क फलफुलका बिरुवा वितरण

सगरमाथामा शिक्षक तथा अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न

देवदहमा मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम सुरु

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको क्षेत्रीय अध्यक्षमा किशन ब. थापा

देवदह ११ मा बाख्रा शिविर सम्पन्न, ८० किसान लाभान्वित