देवदह नगरपालिकामा अवस्थित देवदह बुद्ध पक्लिक आवासीय मा.वि.मा एक कार्यक्रमका बिचमा बुवाको मुख हेर्ने दिनको अवसरमा आयोजित “ बुवा मेरो आदर्श व्यक्तित्व” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थी भित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने हेतुले विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्ने यस विद्यालयले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
अभिभावकप्रतिको सम्मान स्वरुप आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले अभिभावक हाम्रा आदर्श व्यक्तित्व हुन् , उहाँहरुलाई आजएक दिन मात्र होइन हरेक दिन आदर सम्मान गर्नुपर्छ भन्नेकुरा बताउनु भयो । प्रतियोगितामा कक्षा ६ र सात बाट प्रथमः सुजल राना, द्वितियः सुजन बस्याल र तृतीय अर्पण मरासिनी भएका छन ।
त्यस्तै कक्षा ८ र ९ बाट प्रथम विशेषता तिवारी, द्वितिय स्पर्श भण्डारी र तृतीय बबिना श्रेब्ठ भएका छन् ।
मा.वि. अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारीको सभापतित्वमा सञ्चालित कार्यक्रममा मा.वि. इन्चार्ज वेद सूर्यवंशी , नि.मा.वि. इन्चार्ज रोसी गुरुङ्ग लगायतले विजयी विद्यार्थीलाई बधाई तथा सहभागी सबैलाई धन्यवाद दिनुभयो ।
नि.मा.वि. कोर्डिनेटर रोशी गुरुङ, संयोजक रहेको प्रतियोगितामा मुक्ति विश्वकर्मा र दुर्गा ढुङ्गानाले निर्णायकको भूमिका निवाह गर्नुभएको थियो ।
कक्षा ६ देखि कक्षा ९ सम्मका ५० विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन दिवस श्रेब्ठले गर्नुभएको थियो ।