सैनामैना । रुपन्देहीको सैनामैना स्थित बुद्ध इंलिस स्कुलको आयोजनामा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । सैनामैना नगरपालिका ७ देवपारमा अवस्थित उक्त बिद्यालयले विद्यालयमा रहेका शिक्षक शिक्षिका तथा कर्मचारीका बिचमा सो कार्यक्रम गरेको हो ।
बिगतका वर्षहरुमा पनि बिद्यालयमा हुँदै आएको सो कार्यक्रम गत वर्ष कोरोना कै कारण हुन सकेन । विश्वव्यापी रूपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्य सम्बन्धी नियमहरूको पालना गर्दै मौलिक रुपमा संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी यस वर्ष भने बिद्यालयले मनाएको हो ।
कार्यक्रममा विद्यालयका प्राचार्य धर्मराज घिमिरेले हरितालिका तीजले नेपाली महिलाहरूलाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेद लगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना ब्यक्त गर्नुभएको थियो ।
प्राचार्य घिमिरिेले हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएको र यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याउने बताउनुभएको थियो । वहाँले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्नुपर्ने समेत बताउनुभएको थियो ।
शिक्षक तथा शिक्षिकाहरु तिजका मौकिक भाकामा दर खादै रमाएका थिए । कार्यक्रम विद्यालयको सभाहलमा भएको थियो ।