बुद्धनगर सामुदायिक वन उपभोक्ता समुहको बार्षिक साधारण सभा सम्पन्न

बिज्ञापन

बुद्धनगर सामुदायिक वन उपभोक्ता समुह देवदह–९, को २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिज्ञापन

समुहका अध्यक्ष चेतमान श्रेष्ठको अध्यक्षता र देवदह नगरपालिका–९, का वडाअध्यक्ष मोहनबहादुर जिसीको विषेश आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

साधारण सभाको अवसरमा बोल्दै वडाअध्यक्ष जिसीले सामुदायिक वनले अगाडि सारेको योजना सफल बनाउन वडा कार्यालय सहकार्य गर्न तयार रहदै सामुदायिक वनले वनको संरक्षण, सम्वद्र्धन संगै सामाजिक विकासका कामहरु गर्नुपर्नेमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । सामुदायिक वनले आम उपभोक्ताहरुको आयश्रोत बढाउने गरी योजना अगाडि सार्न आवश्यक रहेको औल्याउनु भयो । सामुदायिक वनमा संकलन भएको रकम उत्पादनमुलक क्षेत्रमा लगानी गरी आम उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनु भयो ।

बिज्ञापन

सामुदायिक वनले गरिवी न्यूनिकरण गर्न आवश्यक रहेको बताउदै वनलाई चोरी निकासी र वन डढेलोबाट बचाउन आमउपभोक्ताहरु सचेत भएर लाग्नु पर्ने बताउनु भयो । उहाले सामुदायिक वनले आर्थिक पारदर्शितालाई ध्यान दिन आग्रह गर्दै देवदह नगरपालिका–९, वडा कार्यालयले छाडा चौपाया व्यवस्थापन कार्यक्रम अगाडि सारेकोले त्यसलाई सामुदायिक वनले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा देवदह सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मुसाफिर भगत, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका उपाध्यक्ष रुका सापकोटा, देवदह नगरपालिका, कार्यपालिका सदस्य लक्ष्मी विक, स्मृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भरतकुमार गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा पुर्व संचालक समिती र सल्लाहकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बार्षिक प्रतिवेदन तथा आगामी योजनाको वारेमा अध्यक्ष श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष श्रेष्ठले वन विकास तर्फ १४ लाख ७५ हजार, संस्थागत तथा प्रशासनीक तर्फ ६ लाख ७४ हजार, सामुदायिक विकास तर्फ ३ लाख ३६ हजार, गरिवी न्यूनिकरण तर्फ ५ लाख रुपैया आर्थिक बर्ष २०८०÷०८१ को लागि योजा प्रस्तुत गर्नु भएको थियो ।

समुहका सहसचिव मिना पराजुलीले करिव ३५ लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको मार्यक्रममा समुहका उपाध्यक्ष खेमबहादुर चौहानको स्वागत र सचिव गंगा खरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

कपिलवस्तुमा उद्घाटन भयाे डायलाइसिस सेन्टर

देवदहमा प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ सुरु

कोलिय देवदह साकोस- तारापुञ्ज, देउराली र शंकरपुर सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

गीत लेखन, साहित्य र कविता मार्फत आफ्नो बेग्लै पहिचान बनाउन सफल : गीतकार मातृका भण्डारी (मुना)

कोलिय देवदह सहकारीको तारापुञ्ज सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

कोलिय देवदहको ३ सेवा केन्द्रको वार्षिक साधारण सम्पन्न

लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित घाेषणा

प्रथम बुद्ध मावली क्रिकेट कप हुदै, ट्रफी र जर्सी सार्वजनिक