बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

लुम्बिनी-पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार-प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताउनुभएको छ ।
लुम्बिनीमा शुक्रबार थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्व राष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्त्व आजको समयमा झनै बढेको उल्लेख गर्नुभयो ।

`गौतम बुद्धले अहिंसा, करुणा, र शान्तिको मार्ग देखाउनुभयो । उहाँका शिक्षाले संसारभर करोडौं मानिसलाई प्रेरित गरेका छन् । तर, आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ,´ उहाँले भन्नुभयो, `त्यसैले बुद्धका शान्ति,घ करुणा, र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन् बढेको छ ।´

लुम्बिनी बौद्ध दर्शनको उद्गम स्थल भएको उल्लेख गर्दै उहाँले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उहाँले बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने