बुटवल बहुमुखी क्याम्पसमा आईसिटी एशोसिएसनको अध्यक्षमा पौडेल निर्वाचित

बिज्ञापन

बुटवल । बुटवल बहुमुखी क्याम्पसका आई.सि.टी. अध्ययनरत विद्यार्थीहरूको गैर नाफामूलक गैरराजनीतिक संस्था आईसिटी एशोसियसनको दोस्रो अधिवेशनबाट विशाल पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

बिज्ञापन

क्याम्पसमा बिएड आइसिटी अध्ययन गर्ने विद्यार्थीहरुको साझा संस्थाको रुपमा रुपमा विद्यार्थी र क्याम्पसको हितमा काम गर्ने उद्देश्यले स्थापना भएको आई.सि.टि एशोसिएसनको आज दोस्रो अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा अनिता पौडेल र सरोज पंगेनी, सचिवमा सुरज भट्टराई, सहसचिबमा अनिश पोखरेल र कोषाध्यक्षमा रोशन चापागाईं निर्विरोध चयन भएका छन । त्यस्तै एशोसिएसनको सदस्यमा बद्री पोखरेल, नवीन दर्लामी, मनिषा गिरी चयन भएका छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा.खिमानन्द न्यौपानेले विद्यार्थीहरु अनुशासित, लगनशील र धैर्यवान हुनु पर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका डा.न्यौपानेले अनुशासित, लगनशिल विद्यार्थी मात्रपछि गएर सफल हुने उहाले बताउभयो । साथै आई.सि.टी. विषय आफैमा प्राविधिक विषय भए पनि यस्को प्रचार प्रसार नभएको हुदा कम विद्यार्थी भर्ना भएको र यसलाई धेरै भन्दा धेरै विद्यार्थी माझ पुर्याउन अपिल गर्दै त्यसको लागि एशोसिएसनलाई आफ्नो र क्याम्पसको तर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै शिक्षकको तर्फबाट देव राना र पर्शुराम उपाध्याय बोल्नुभएको थियो भने विद्यार्थीको तर्फबाट प्रकाश चौधरी, पाल बहादुर सोमाई, रोशन चापागाईं र नवीन दर्लामीले आइ.सि.टि. कोर्स बिश्वब्यापी रूपमा चाहिने र यसको भविष्य राम्रो रहेको उल्लेख गर्नुभएको थियो ।

बिज्ञापन

कार्यक्रम अभिषेक पौडेलको अध्यक्षता, सुरज भट्टराईको स्वागत तथा अनिश पोखरेल र ललिता घिमिरेको सञ्चालनमा बुटवल बहुमुखी क्याम्पसमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

देवदह बुद्ध पब्लिकमा अग्नि नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न

संघीयताको सवलिकरणनै बलियो प्रदेशः मुख्यमन्त्री आचार्य

जब दिलबहादुर काठको कोसि बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगेपछी…

संविधान दिवसकाे अवसर पारेर खुल्ने भयो धरहरा; सर्वसाधारणलाई निःशुल्क

देवदह २ मा डेङ्गु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको चौथो चार्टर्ड नाईट सम्पन्न

भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धिको दिशामा अगाडी बढेका छौं : स्वास्थ्य मन्त्री सारु

एमाले सम्मरीमाई गाउँ कमिटीको अध्यक्षमा हद्धिस देवान