बुटवल कालिका क्याम्पसले नवौं वार्षिकोत्सव मनाउंदै

बुटवल ।  बुटवल कालिका क्याम्पसले ९औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । क्याम्पसले शनिबार पत्रकार सम्मेन गरी जानकारी गराए अनुसार मंसिर १८देखि २४ गतेसम्म विविध कार्यक्रम हुनेछन् । २०७० सालमा बीबीएस कार्यक्रम सम्बन्धन लिएर क्याम्पस स्थापना भएको थियो । वार्षिकोत्सवको महत्वपूर्ण कार्यक्रम भवन शिलान्याश रहेको क्याम्पस प्रमुख घनश्याम पाठकले बताए । क्याम्पस भवन बनाउन तत्कालीन अर्थमन्त्री रुपन्देही २ का सांसद विष्णु पौडेलले ६ करोड बजेट पारिदिएकाले उनैबाट भवन उद्घाटन गरिने पाठकले बताए ।

यस्तै २४ गते प्रदेशका शिक्षामन्त्री वसिउद्दिन खांको प्रमुख आतिथयतामा वार्षिकोत्सव समापन हुने उनले बताए । त्यसअघि १८ गतेदेखि २२ गतेसम्म विभिन्न खेलकुद, निशुल्क आंखा जांच र दन्त परीक्षण शिविर, रक्तदान लगायतका रचनात्मक कार्यक्रमहरु गरिने क्याम्पस प्रमुख पाठकले जानकारी गराए । वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उनले बताए । ३५ जना विद्यार्थीबाट शुरु भएको क्याम्पसमा अहिले २८३८ जना विद्यार्थी अध्ययनरत छन् ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने