बुटवल कालिका क्याम्पसमा वार्षिकोत्सव सुरु

बुटवल // बुटवल कालिका क्याम्पसमा नवौं वार्षिकोत्सब सुरु भएको छ। वार्षिकोत्सबको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले क्याम्पसको समग्र विकासको लागि नगरपालिका तयार रहेको बताएका छन। कलेज स्थापना कालका भोगाइ र क्याम्पसको सर्वाङ्गिण विकासमा आगामी योजनाबारे बताउँदै क्याम्पस प्रमुख घनश्याम पाठकले विभिन्न व्यक्ति, संस्था र राज्यको सहयोग, समर्थनबाट अत्याधुनिक भवनसंगै कक्षाकोठा, फर्निचर, प्रयोगशाला अलवा शैक्षिक नतिजामा राष्ट्रिय मै अब्बल बनाउन सफल भएको बताएका हुन।

बिज्ञापन

पाठकले विद्यार्थी तथा प्राध्यापकको मेहनत र लगनशीलता, अभिभावको विश्वास र राज्यको साथका कारण विविएस, विविए, विएड गरि ३ विषयमा अध्ययन गराइने त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्छो कलेज हुँदाहुँदै पनि विभिन्न समयमा देशमै प्रथम भएको बताए। कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष अर्जुनमान सैजुले बुटवल कालिका क्याम्पस छोटो समयमै जीवन उपयोगी र रोजगारमुलक उच्च शिक्षामा देशकै उत्कृष्ट शैक्षिक संस्था बनेको बताए।

क्याम्पस संस्थापक अध्यक्ष हेम बहादुर गलामीले स्थापनाकालका क्षणहरू स्मरण गर्दै दिनप्रतिदिन क्याम्पस उन्नतिको पथमा लम्किएको देख्दा खुसी लाग्ने उल्लेख गरे। वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुदहरु सम्पन्न भएका छन्। आइतबारबाट सुरु भएको वार्षिकोत्सब मंसिर २४ गतेसम्म चल्नेछ। ३५ जना विद्यार्थीबाट शुरु भएकोमा क्याम्पसमा हाल २८ सय ३८ विद्यार्थी अध्ययनरत छन्।

बिज्ञापन

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा