बुटवल । बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य गठबन्धनबाट निर्वाचित भएका छन् । नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्यमा ८ जना नै गणबन्धनबाट निर्वाचित भएका हुन् ।
कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयर सहित १९ वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरू गरी ९७ जनाले मतदान गरेका थिए ।
कार्यपालिकामा महिलातर्फ कांग्रेसबाट निलम गौतम, बसन्ती बिक, राधादेवी पौडेल, रिना भुसाल र हेमा थामी त्यस्तै दलित तथा अल्पसंख्यक तर्फ जसपाबाट सुनिता खड्लुक, नेकपा एकिकृत समाजबादीबाट यमबहादुर सुनार र राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर सुनार बिजयी भएका हुन् ।