बुटवलमा सैनिक अस्पताल र विद्यालय बन्ने

बुटवल । बुटवलमा नेपाली सेनाको अस्पताल र विद्यालय भवन बन्ने भएको छ । सैनिक कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषको लगानीमा रुपन्देहीको खस्यौली ब्यारेक हाताभित्र सैनिक आवासीय महाविद्यालय र २२ नम्बर बाहिनी अड्डा योगिकुटी ब्यारेकभित्र सैनिक अस्पताल निर्माण गर्न लागिएको हो ।

विद्यालय भवन र सैनिक अस्पतालको आइतबार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गरेका छन् । त्यस अवसरमा प्रधानसेनापति शर्माले सैनिक ब्यारेक क्षेत्रभित्र बन्ने अस्पताल र विद्यालयले नेपाली सेनाका बालबालिकाको शिक्षा दीक्षा र सैनिकहरूको उपचारमा सहजता हुने बताए ।

कार्यक्रमका अवसरमा प्रधानसेनापति शर्माले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष शिष्टाचार भेटवार्ता गरेका थिए । बुटवल उपमहानगरपालिका–१ मा अवस्थित ऐतिहासिक जीतगढी किल्लाको समेत प्रधान सेनापति शर्माले अवलोकन गरेका छन् ।

अवलोकनको क्रममा प्रधानसेनापति शर्मालाई श्री गरुडदल गणका गणपति प्रमुख सेनानी रामकृष्ण श्रेष्ठले ऐतिहासिक जितगढी किल्ला पुनःनिर्माण कार्य सम्बन्धी गुरुयोजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्थानीय इतिहास सम्बन्धी जानकार व्यक्ति रवीन्द्र लाकौल तथा वडा अध्यक्ष महेन्द्र प्रसाद लिगललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते