बुटवलमा खुलामञ्चको निर्माण कार्य सुरु

रुपन्देही– बुटवलमा यसक्षेत्रकै पहिलो र आधुनिक सुविधासहितको व्यवस्थित खुलामञ्च निर्माणको काम सुरु भएको छ । बुटवल उपमहानगर पालिकाले वडा नं.–११ देवीनगरमा करीब १४ विगाह क्षत्रफलमा बहुउद्देश्यीय खुलामञ्च निर्माणकार्य थालेको हो । खुला पहिलोचरणको काम सक्न पाँच करोड ३२ लाख बराबरको ठेक्का सम्झौता भएको छ । बहुवर्षे आयोजना सम्पन्न हुन पाँच वर्ष र करीब ५० करोड लागत अनुमान गरिएको छ ।

बहुउद्देश्यीय खुलामञ्चको मंगलबार एक समारोहबीच उपमानगरका प्रमुख शिवराज सुवेदीले शिलान्यास गर्नुभयो । त्यसक्रममा उहाँले सार्वजनिक जग्गाको संरक्षण गर्दै त्यसको बहुउपयोग गर्नेगरि गुरुयोजना बनाएर दिगो विकासका काम अगाडि बढाइएको बताउनुभयो । उपमहानगरले यसबीचमा करीब दुई सय विगाहा जग्गा संरक्षण गर्दै सार्वजनिक हितमा ल्याएको  जनाएको छ ।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण