बुटवलबाट एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न, कार्यकर्ता एमाले छाडेर नजाने नेता पोखरेलको दावी

बुटवल। नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज शंकर पोखरेलले पार्टी विभाजन गरी केही नेता जादैमा कार्यकर्ता नजाने दाबी गर्नुभएको छ । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुधवार बुटवलमा आयोजना गरेको विधान संशोधन मस्यौदामाथिको छलफल तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वहाँले एमाले आस्था र विश्वासले बनेको पार्टी भएकाले कसैले टुक्राउन चाहेर नटुक्रिने बताउनुभयो । “एमाले कम्युनिष्ट आन्दोलनको मूलधार हो, केही नेताहरु बहकावमा परेर बाहिरीए पनि उनीहरुलाई ठिक गर्ने काम कार्यकर्ताको हो”, पोखरेलले भन्नुभयो “नेता जान्छन तर जनता जादैनन ।”

बिज्ञापन

नेता पोखरेलले जीवनका कठिन १५ वर्ष जेल जीवन बिताएका पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक जीवन समाप्त पार्ने खेल भएको जनाउँदै औलीको पार्टी र देशप्रतिको निष्ठामाथी प्रश्न गर्नु भनेको कू को प्रयास रहेको बताउनुभयो । वहाँले भन्नुभयो, “केपी ओली संसदीय दलको नेता नभएको भए संविधान सभाले संविधान बनाउन सक्ने थिएन, जसले संबिधान निर्माण निर्णयक भूमिका खेल्यो उसैलाई राजनीतिबाट हटाउन खोज्ने कम्युनिष्ट आन्दोलनका गद्धार हुन् ।”

नेता पोखरेलले नेकपाभित्र उत्पन्न संकटको कारक पुष्पकमल दाहाल (प्रचण्ड) रहेको बताउँदै वहाँले दाहालको अस्थिर चरित्रले गर्दा नै पार्टीमा यो अवस्था आएको उल्लेख गर्नुभयो । विभाजित कम्युनिष्टलाई एक बनाउन, मुलुकमा ठूला विकास निर्माणका काम अघि बढाउन तथा राष्ट्रिय स्वाभिमानको सवालमा ओली नेतृत्वको सरकारले नयाँ उचाइ हासिल गरेको बहाँको भनाई छ । “ओलीको नेतृत्वले सामाजिक अराजकतालाइ समेत नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्यो । उनको भूमिकाबारे भ्रम छरेर नेपाल पक्षले आफ्नो स्तर घटाएको छ ।” पोखरेलले भन्नुभयो ।

बिज्ञापन

भूमिगत कालमा संगठन बनाउन भूमिका खेलेपनि एउटा बलियो पार्टीलाई तेस्रो दल बनाएका कारण माधव नेपाल नेतृत्वका हिसाबले असफल नेताका रुपमा परिचित भएको बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रिय इञ्चार्ज दधिराम न्यौपानेले अहिले बाटो बिराएका नेतालाई समयले पाठ सिकाउने बताउनुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज दधिराम न्यौपाने, सहइन्चार्ज एकराज विश्वकर्मा, केन्द्रीय सदल्लाहकार नेत्र पन्थी, लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा रुप्न्देही जिल्ला संयोजक शिवराज सुवेदी, प्रदेश कमिटी सचिवालय सदस्य सावित्रा अर्याल, जिल्ला सहसंयोजक तेजेन्द्र केसी लगायतले बोल्नुभएको उक्त कार्यक्रमको सञ्चालन बुटवल उपमहानगर कमिटी सचिव किकिसन ज्ञवालीले गर्नुभएको थियो । लगायतले बोल्दै पार्टीलाई बलियो बनाउन प्यानल निषेध गर्ने, सदस्यता नविकरण सहज बनाउने लगायतका विषयमा विधान संसोधन हुनुपर्ने बताए । बटवल उपमहानगर कमिटीले सबै वडाबाट विधान संशोधन मस्यौदामाथि सुझाव लिने कमिटीका अध्यक्ष बाबुराम पन्थीले जानकारी दिनुभयो । एमालेले आगामी भदौमा राष्ट्रिय विधान अधिबेशन गर्ने भएकाले विधान संशोधनमा आम पार्टी सदस्यहरुको अधिकारको सुनिश्चितता हुने भएकाले वडा वडाबाट सुझाव माग गरिएको अध्यक्ष पन्थीले जनाउनुभएको हो ।

करिव एक हजार अगुवा नेता कार्यकर्ताको सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय जनकलाकार पुरुषोत्तम भण्डारी र प्रिया भण्डारीको प्रस्तुति समेत रहेको थियो ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना