बुटवलको लक्ष्मीनगर र ज्योतिनगर वस्तीलाई सुरक्षित गर्न एमाले नेता पौडेलको आग्रह

बुटवल । नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल चुरे क्षेत्रमा गएको पहिरो नियन्त्रण गर्न तीनै तहका सरकारलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ । वहाँले छिटो पहिरो नियन्त्रण गर्न र थप क्षति हुनबाट जोगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सोमवार ज्योतिनगर र लक्ष्मीनगरको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै पौडेलले पहिरोको विषयमा अर्को साता बस्ने संसद् बैठकमा आफूले छलफलको विषय बनाउने बताउनुभयो । ‘यो पहिरो डरलाग्दो र कहाली लाग्दो छ,’ पौडेलले भन्नुभयो, ‘संघ, प्रदेश र स्थानीय सरकारले पहिरो नियन्त्रणमा प्राथामिकता छिटो दिनुपर्छ । यो सार्वजनिक सरोकारको विषय हो । अर्को साता बस्ने संसदको अधिवेशनमा छलफलको विषय बनाउँछु ।’

जुन प्रविधिको प्रयोग गरेर पहिरो नियन्त्रण गर्न सम्भव हुन्छ त्यो प्रविधि छिटोभन्दा छिटो प्रयोग गरेर लक्ष्मीनगर र ज्योतिनगर वस्तीलाई सुरक्षित गर्नुपर्ने वहाँको भनाइ छ । ‘प्राविधिक सहयोग, बजेट र जनशक्तिको यथाशीघ्र गरेर वस्ती र प्रभावित परिवारहरूलाई सबै सरकारले काम गर्नुपर्छ,’ वहाले भन्नुभयोे, ‘विस्थापितलाई पुनःस्थापित गर्न सरकार कुनै कसर बाँकी राख्न हुँदैन ।’

पौडेलले आफू पहिरो नियन्त्रण र विस्थापितहरू पुनःस्थापित गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो । वहाँले वातावरण क्षेत्रका प्राविधिकहरूले अध्ययन गरेपछि निष्कर्ष सहितको प्रतिवेदनका आधारमा काम गर्न आग्रह गर्नुभयो । पहिरो निरीक्षणमा पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पनि सहभागी हुनुभएको थियो ।

रूपन्देही क्षेत्र २ का सांसदसमेत रहनुभएका पौडेलले पहिरो नियन्त्रण र चुरे संरक्षणमा सबै लाग्नुपर्ने समेत बताउनुभएको थियो । बुटवल वडा नम्बर ३ र ४ मा पर्ने बुटवलको ज्योतिनगरमा गत साता पहिरो झरेपछि १० घर पूर्ण रूपमा पुरिएका छन् । ६६ भन्दा बढी घर पहिरोसहितको लेदो पसेर बस्न नमिल्ने भएका छन् । २० वर्ष अगाडि पनि सोही क्षेत्रमा पहिरो जाँदा ५७ घर पुरेको थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पहिरो नियन्त्रण र थप क्षति हुनबाट जोगाउन निरन्तर काम गरिहेको बताउनुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका नेता दधिराम न्यौपाने, भोजप्रसाद श्रेष्ठ, गोपाल राना, बाबुराम पन्थी, घनश्याम चापागाई लगायतको आतिथ्यता रहेको थियो ।

चुरे तिनाउ बहुउद्देश्य विकास मञ्चका संयोजक कमल गौतमले पहिरो कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको बताउनुभएको थियो । ‘वाल उठाएर रोक्न सकिन्छ या बस्तीलाई अन्यत्र सार्ने, यसबारे छलफल भइरहेको छ ’, वहाँले भन्नुभयो ।

अवलोकन

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना